
यस अघि सुरज सुब्बाको मेरो भ्यालेन्टाईनमा खेल्ने हल्ला चलेपनि सो प्रोजेक्टमा अर्कै हिरोईन फाईनल भएका कारण चिन्तित भएकी हिरोईन हर्षिका श्रेष्ठ दीपेन्द्र के. खनालले निर्देशन गर्ने थ्रीडी फिल्म भिजिलान्तेमा अनुबन्धित भएकी छिन् ।
जेठ १४पछिको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सम्भव भएसम्म१६ देखि फ्लोरमा जाने सो फिल्ममा यस अघि सुवास थापा र प्रियंका कार्की फाईनल भईसकेका छन् । तर चपली हाईट निर्देशक खनालले मंगलबार हर्षिका सहित उनको पेयरको रूपमा राज घिमिरेलाई पनि भिजिलान्तेमा अनुबन्धित गरे । 'आज उहाँहरूलाई एग्रीमेन्ट गराएकाले लगभग काष्ट फाईनल भयो', दीपेन्दले भने ।
उता फिल्मकी मुख्य हिरोईन निर्धारित समय भन्दा एक दिन अघि सोमबारनै अमेरिकाबाट नेपाल ल्याण्ड भईसकेकी छिन् र उनको कागजी एग्रीमेन्ट मात्र बाँकी रहेको छ । फिल्मी करिअरनै अबको गन्तब्य भन्दै सदाका लागि नेपाल फर्किएकी प्रियंकाले पतिलाई अमेरिकामै छाड्दै आफ्ना अधिकांश सामान सहित घरमा रहेको कुकुर पनि आफूसंगै नेपाल ल्याएको बुझिएको छ ।
नेपालमा पहिलो पटक थ्रीडी फर्म्याटमै खिचिन लागिएको भिजिलान्ते क्राईम थ्रीलर श्रेणीको फिल्म हुनेको छ । जुन प्रोजेक्ट दीपेन्द्रको होम प्रोडक्सन अर्न्तगत रहने छ । 'भाग्यमा त पहिलै साईन गरिएको रहेछ तर आज अफिसियल्ली रूपमा साईन गरें खुसी लागिरहेको छ, राजले भने, 'सायद चपली हाईटमा मैले राम्रो काम देखाएकाले होला दीपेन्दले मलाई लिनुभएको ।'
उता कोही मेरो डेब्यू हिरो सुवास थापाले पनि नेपालको पहिलो थ्रीडी फिल्म खेल्ने अवसर पाएकोमा खुशी ब्यक्त गरे । 'हरेक फिल्ममा केही फरक पन होस म चाहन्थें तर यसमा तर यसमा त समग्र निर्माण प्रक्रियानै फरक भएकाले खुशी छु', उनले भने । भिजिलान्ते मेघा प्रोजेक्टको हुनेछ जसको हरेक सिन उच्चतम क्वालिटीमा खिचिने निर्देशक खनालले प्रतिबद्धता जनाएका छन् । फिल्मलाई पुरूषोत्तम प्रधानले खिच्ने छन् ।