मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

कतारमा साथी म तिम्रो

फिल्मीखबर, दोहा, 2012/05/15

गत फाल्गुन महिनामा रिलिज भएको फिल्म 'साथी म तिम्रो' लाई आगामी मे २५ तारिखका दिन कतारमा रिलिज गरिंदैछ । जसका लागि फिल्मका निर्माता तथा नायक भुवन केसी केहि दिनमा कतार आउँदैछन् ।

आदित्य राज प्रोडक्सनले आयोजना गर्न लागेको फिल्मको बिशेष शोमा भुवन केसी दर्शकसँगै बसेर फिल्म हेर्नेछन् र आफ्नो फिल्मको बारेमा प्रतिक्रिया बटुल्नेछन् । फिल्मलाई बिहान ११ बजे र दिउँसो २ बजे गरि दुई पटक प्रदर्शन गरिनेछ । नेपालबाट राम्रो प्रतिक्रिया पाउन नसकेको सो फिल्म कतारवासीले रूचाउने दाबी आयोजक आदित्य राजले फिल्मीखबरलाई जानकारी दिए ।

 

शिव रेग्मी निर्देशित फिल्म 'साथी म तिम्रो' मा पाँच बर्षको उमेरमा शिर्षक सापकोटाले मुख्य भुमिका निर्वाह गरेका हुन् । साथमा भुवन केसी र रेखा थापाको पनि मुख्य भुमिका रहेको छ । भुवनका छोरा अनमोल केसीले एक गीतमा अभिनय गरेका छन् भने ऋचा घिमिरेको बिशेष भुमिका रहेको छ । बाबुछोराको सम्बन्धमा केन्द्रित उक्त फिल्ममा शम्भु सापकोटाको छायाकंन, राजेन्द्र खड्गीको द्धन्द तथा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ ।