मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.50/5.00)
Text size:-
+
-

बडीगार्डको गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/05/14

देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश सहित निर्माण गरिएको एक्सन फिल्म 'बडीगार्ड' को अडियो गीत सार्वजनिक गरिएको छ । हरि लम्सालको शब्द तथा संगीत रहेको सो फिल्मका दुई गीतलाई फिल्मीखबर डटकम मार्फत सार्वजनिक गरिएको हो ।

 

सार्वजनिक गरिएको गीत मध्ये खोजी रहन्छ बोलको शब्दमा सन्तोष लामा र मनिषा पोखरेलको स्वर सुन्न सकिनेछ भने 'यादै जाओस्' बोलको शब्दमा धमेन्द्र सेवानको स्वर सुन्न सकिनेछ । लामो समय देखि भारतमा रहेर अभिनयमा दक्षता हासिल गर्न संघर्ष गरिरहेका आकाश शाहको डेब्यू फिल्म 'बडीगार्ड' लाई सुशिल पोखरेलले निर्माण गरेका हुन् भने राजेन्द्र उप्रेती सो फिल्मका निर्देशक हुन् ।

 

भाद्र २९ गते देशभरका करिब ७२ पर्दामा रिलिज हुने बताईएको सो फिल्ममा आकाशको साथमा सौजन्य सुब्बा, दिव्वेश्वर गौतम, दिपेन्द्र चन्द ठकुरीको पनि मुख्य भुमिका रहेको छ । फिल्म निर्माणमा राम्रो अनुभव बटुलेका निर्माता पोखरेले यस फिल्मलाई आउट एण्ड आउट एक्सन लभस्टोरी शैलीको फिल्म भनि संज्ञा दिएका छन् । केहि दिनमा नै फिल्मको भिजुअल गीत सार्वजनिक गर्ने बताउँदै निर्माता पोखरेलले बडीगार्ड आफ्नो महत्वाकांक्षी फिल्म भएको बताए ।

 

शिबम अधिकारीको लेखन रहेको सो फिल्ममा हिमाल केसीको द्धन्द, बब्बु थापाको नृत्य तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । फिल्मको सुटिङ हेटौंडा, चितवन र काठमाण्डौमा गरिएको हो । गीत सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोला !

 

Bodyguard mp3 song : Click here