मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

डिसिएन गर्दैछ ट्यालेन्ट हण्ट र सर्ट फिल्म प्रतियोगिता

प्रकटकुमार शिशिर, काठमाण्डौ, 2012/05/14

नेपाली फिल्मको अग्रणी वितरण संस्था डिजिटल सिनेमा नेपालले 'ट्यालेन्ट हण्ट' को आयोजना गर्ने भएको छ । नेपाली फिल्ममा युवापुस्ताको बढ्दो चाहनालाई लक्षित गरी डिसिएनले 'ट्यालेन्ट हण्ट' को आयोजना गर्ने लागेको हो ।


'विभिन्न फिल्मका बिधामा सिर्जनशिल कामलाई प्राथमिकता दिने उद्देश्यले हामीले 'ट्यालेन्ट हण्ट' को आयोजना गर्ने योजनामा बनाएका छौं, डिसिएनका प्रवन्ध निर्देशक अशोक शर्माले बताए । नेपाली फिल्ममा अहिले परिवर्तनका संकेत देखा परिसकेका छन् । 'यसलाई अझ सिर्जनशिल बनाउन 'ट्यालेन्ट हण्ट' को आवश्यकता महशुस गरिएको हो', शर्माले बताए । नेपाली फिल्ममा डिजिटल युग प्रवेश परम्परागत शैली भन्दा फरक कागबेनी र सानो संसारबाट भएको हो । अहिले अधिकांश फिल्म डिजिटल फर्म्याटमा बन्न थालिसकेका छन् ।


डिसिएनले 'ट्यालेन्ट हण्ट' सँगै सर्ट फिल्म प्रतियोगिता पनि गराउने योजना बुनेको छ । 'सर्ट फिल्म प्रतियोगिता गरि निर्देशनमा क्षमता राख्ने युवापुस्तालाई निर्मातासँग परिचय गराएर नयाँ शैली भित्राउने योजना छ', शर्माले भने, 'अहिले नयाँ पुस्ता सिनेमा अध्ययन गर्न अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा छन् उनीहरुको अध्ययन पुरा भएपछि यहाँ आउँछन् । उनीहरुका लागि नयाँ बातावरण पनि तयार गर्नेका लागि हामीले केही गृहकार्य शुरु गरेका छौं ।' सम्भवत यो बर्ष नै काम थाल्ने योजना रहेको उनले बताए ।