मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 5.00/5.00)
Text size:-
+
-

मोडल स्वस्तीलाई भित्र्याउँदै निर्माता बराल

सन्जोग बस्याल, पोखरा, 2012/05/14

निर्माता तथा वितरक हरि बरालले नेपाली फिल्म उधोगमा एक जना नयाँ नायिका भित्र्याउने भएका छन् । लगभग एक दर्जन जति म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी मोडल स्वस्ती क्षेत्रीलाई मुख्य नायिका लिएर बरालले नयाँ फिल्म 'मोडल' बनाउने खुलासा गरेका छन् । केही महिना पहिला प्रर्दशन भएको बलिउड ब्लकबस्टर फिल्म डर्टिपिक्चर प्रकृतिको तर भिन्न कथामा मोडल बनाउन लागेको उनले बताए ।


विगतका लगभग आधा दर्जन फिल्मबाट घाटा बेहोरे पछि केही समय फिल्म निर्माण नगर्ने भनेर बसेका निर्माता तथा वितरक हरि बरालले मोडल बनाउन लागेका हुन् । यस अघिका आफ्ना फिल्म भन्दा एडभान्स टेक्नोलोजि र प्राविधिक रुपमा पनि उत्कृष्ट फिल्म बनाउन लागेको र फिल्मका सम्पुर्ण टिम र कथा पनि छुट्टै हुने उनले बताए । बराल भन्छन्– 'मोडल योङ जेनेरेशन टार्गेट रहनेछ जहाँ एक जना केटी आफ्नो उद्देश्यमा पुग्नको लागी कति सम्मको स्ट्रगल गर्छे र उद्देश्य प्राप्तीका लागी कति सम्मको त्याग गर्छे र उस्ले कस्ता दु:खहरुको समाना गर्छे भन्ने मेन कथा रहनेछ ।’ नाम सुन्दा केही ग्ल्यामर जस्तो सुनीए पनि फिल्ममा त्यस्तो केही नहुने र सेक्स ओरिन्टेट पनि नहुने बरालले स्पष्ट पारे ।


फिल्म मोडलको लागी अहिले निश्चल श्रेष्ठले स्कृप्ट लेखिरहेको र दिनेश गौतमको संगीत सुन्न सकिने उनको भनाई छ । मुख्य नायिकाको भुमिकामा मोडल स्वस्ती रहने बताए पनि निर्देशक लगाएत अन्यको नाम भने उनले खुलाएनन् यध्यपि फिल्मको सम्पुर्ण टिमसंगै निर्देशक पनि नयाँ नै हुने बरालले जानकारी दिए । फिल्मका लागी अर्की नायिकाको खोजि भईरहेकोले कोही अभिनय गर्न सक्ने ,ईन्ट्रेष्टेड र ट्यालेन्ट छ भने सम्पर्क गर्न सक्ने पनि उनले भने ।


आफ्नो प्रस्तुतीमा राजु अधिकारी निर्माता रहने मोडलको छिट्टैनै स्कृप्ट, गित रेकर्डिङ र निर्देशक कलाकार फाईनल गरि केहि समयमै छायाङनमा जाने उनले जनाए । मोडल पछि ज्ञानेन्द्र देउजा र विजय थापालाई लिएर दुई ओटा फिल्म बनाउने पनि उनले घोषणा गरे ।