मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्लान पनि सर्‍यो

फिल्मीखबर, काठमाण्डौ, 2012/05/14

संविधान निर्माण जारी मिती जति नजिकिदैछ त्यतिकै द्रुत गतिमा राजनीतिक दलका नेताहरूलाई आफ्नो हक हित सुरक्षित गर्न विभिन्न संघसंगठन र समुदायले दवाव दिईरहेका छन् । नेपाल बन्द आह्वान गर्दै कोही जातिगत आधारमा राज्य नबनाउन सरकारलाई दवाव दिईरहेका छन् त कोही प्रदेशिक आधारमा राज्य पुर्नसंरचना गर्न दलहरूलाई खबरदारी गरिरहेका छन् । लुडो लङ्गडो जे जस्तो भएपनि यो पटक संविधान त पक्कै आउँछ तर सधै अपाङ्ग जस्तो रहेको फिल्म उद्योगलाई संविधानसभाको कारण यो एक महिना थप अशक्त बनाउने निश्चित छ । जसकारण प्रोमोशनमा अत्याधिक खर्चिएका फिल्मले आफ्नो रिलिज डेट धमाधम सारिरहेका छन् ।

आउँदो शुक्रबार देखि प्लान रिलिज हुने कुरा थियो तर विभिन्न पक्षको सल्लाह बमोजिम प्रोड्यूसर कविता श्रेष्ठले जेठ पाँचको मितीमा फिल्म नचलाउने निर्णय गरेकी छिन् । सोमबार बिहान फिल्मीखबरसंग कुरा गर्दै उनले भनिन्, 'जेठ १४ पछि के कस्तो बाताबरण बन्छ सोही अनुसार चलाउन सवै तिरबाट सुझाव आएपछि मैले रिलिज स्थिगित गरेको हुँ ।' यस अघि प्लानसंगै अपवाद पनि रिलिज हुने कुरा थियो तर देशब्यापी रूपमा भईरहेको श्रृङखलाबद्ध बन्दको कारण अपवादको रिलिज पनि स्थिगित गरिसकिएको छ । यस्तै मालतीको भट्टी, सम्झीराख है र द्रब्यले पनि जेठ महिनाको आफ्नो रिलिजलाई स्थिगित गरेका छन् ।


आउने शुक्रबार साईडबाट लाग्ने दुवै फिल्म साईड लागेपछी क्यूको फिल्म पनि रिलिज गरिने नगरिने सम्बन्धमा निर्माता संघले भोली मंगलबार डिसिजन गर्दैछ । 'भोली फष्ट आवरमा कार्यदलको बैठकले यो बिषयमा निर्णय गर्दैछ त्यसैले क्यूमा रहेका फिल्म रिलिज बिषयमा भोली नै थाहा हुने छ', निर्माता संघका अध्यक्ष राजकुमार राईले भने । कार्यदलमा चलचित्र संघ र निर्माता संघको तर्फबाट प्रतिनिधि छन् । 

 

आउदो शुक्रबारदेखि फ्रेस फिल्म रिलिज नहुनेपछी उद्योगलाई ठूलो क्षति हुने छ किनकी संविधानसभाको ह्याङ सकिने वित्तिकै फिल्म रिलिजमा फ्लो बढ्नाले प्रदर्शनको प्रक्रिया झन्झटिलो हुने छ । यध्यपी 'जेठ १४ अघिको स्थितिले हरेक पक्षमा असर पुर्‍याएकाले हामीले पनि यसलाई सहज रूपमा लिनु पर्छ किनकी यो मुलुकको सवाल हो', चलचित्र संघका महासचिव प्रदीप उदय आफ्नो धारणा राख्छन् ।