सायद हेरिसकेपछी हिरोईन केकी अधिकारीले आफ्नो फेसबुक वालमा लेखिईदिईन 'ग्रेट वर्क बाई संयम पुरी... लभ्ड सायद.. डन्ट मिस ईट ।' त्यसपछि उनको स्टाटसमा कमेन्टको बर्षा हुन थाल्यो । जहाँ छोटे हिरो संयमले केकीलाई थ्याङ्क्स पनि दिन भ्याए । सो स्टाटसमा केकीका फ्रेण्डहरूले कमेन्ट गरिरहदा संयम र केकीको गफ पनि स्टाटसमा मज्जाले चलेको देखिन्छ जहाँबाट के पुष्टी हुन्छ भने केकी र संयमको दोस्ती राम्रैसँग जमेको रहेछ ।
केकीले संयमलाई नामबाटै पुकारे पनि संयमले भने केकीको नाम कहि कतै लेखेका छैनन् । केकीको नाम किन उनले लेखेनन् उनीनै जानुन् तर सोही स्टाटसमा धेरै पटक गरिएको कमेन्टमा सायद हिरोले केकीलाई हिरोईन भनेर मात्र सम्बोधन गरेका छन् । जव संयमले थ्याङ्क्स दिदै पहिलो कमेन्ट गरे त्यसपछि केकीले संयमलाई मुक्तकण्ठले तारिफ गर्दै उनलाई एकदमै राम्रो हिरो भनेकी छिन् । त्यसपछी संयमले फेरी कमेन्ट गर्दै केही रहस्यात्मक तरिकाले लेखेका छन्- 'हरेक पाईलामा मलाई गाईड गरेकोमा धन्यवाद हिरोईन कन्स्ट्यान्ट सपोर्टका लागि.. मच लभ..।' त्यसपछी फेरी केकीले आफै कुरा घुमाएर लेखेकी छिन्- 'सेन्टी बनायो मलाई हिरोले ।' जसको जवाफमा संयमले केकीलाई केही सुझाव पनि दिएका छन् । उनले सुझाव दिदै लेखेका छन्- 'सेन्टी नहुनु, कारण सेन्टी मुड भन्दा ज्वली मुडमा तिमी धेरै राम्री देखिन्छौ ... टेक केयर ।'
यसपछि पनि उनीहरूको कमेन्ट सम्बाद चलिरहन्छ । जहाँ फेरी केकीले लेखेकी छिन्- 'तर तिमी युदिन (शायदमा संयमको नाम) हुँदा पनि दामी र संयम हुँदा पनि दामी । मलाई अटोग्राफ चाहियो ।' यो सम्बादको यात्रा अझै रोकिदैन र संयम फेरी लेख्छन्- 'यो दिल चोरेर फरार भईसक्यौ अटोग्राफ कसरी दिनु ।' यो कमेन्टमा संयमले के भनेका छन् ध्यान दिनुस र पढ्नुस फेरी एक पटक । त्यसपछी केकीले के भनिन् होला ? पक्कै हिरोईन न परिन उनले पनि आईएम सरीको एक डाईलग तुरून्तै लेखिदिईन्- 'हार्ट–टू हार्ट कन्सेक्सन थाहा छैन हिरो ?'
केकी भन्दा कान्छा हिरो संयम रातारात स्टार भएका छन् । जति पनि दर्शक र फिल्ममेकरले उनको पहिलो काम हेरे सवैले उनको अभिनयलाई मुक्तकण्ठले तारिफ गरेका छन् । यति सम्मकी उनी नयाँ पुस्ताको स्टार भएर कहलिसकेका छन् । उनी अभिनित फिल्म 'सायद' अहिले राजधानीका सिनेमा हलमा भव्यताका साथ प्रदर्शन भईरहेको छ ।
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-
सायद हेरेपछी संयमसँग केकीको फेसबुक गफ
फिल्मीखबर, काठमाण्डौ, 2012/05/14
- चैत २७ मा नआउने भएको हो ‘३६ को आँकडा’ ?
- ‘लालिमा’ निर्माताको बालेनलाई खुला पत्र : यौनकर्मीको मुद्धा सम्बोधन गर्न माग
- सकियो ‘कार्की साइँला’को छायांकन, बेहुला-बेहुली बने जितु र प्रियना
- रिमा सांसद बन्दा प्रकाश छुटे
- ‘हामी तीन भाइ’को ट्रेलरमा अंशबन्डाको झगडा
- किन फेरियो अनुपले सलमानसँग खेलेको फिल्मको नाम ?
- ‘पाँच पाण्डव’को छायांकन सुरु, धुर्मुस नहुने
- ‘परालको आगो’को ‘उडी जाऊँ भने’ गीतमा सुहानाको जीवन्त अभिनय
- ओस्कार २०२६ : ‘वन ब्याटल आफ्टर एनदर’ले जित्यो ६ अवार्ड
- तुलसी घिमिरे निर्देशित ‘पहाड’को टिजरमा के छ ?

