मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

पैसाको `लालच` मा सुशिल

फिल्मीखबर, काठमाण्डौ, 2012/05/13

मैदान, जीवनदाता, जय शिब शंकर, निगरानी, बडिगार्ड जस्ता फिल्म निर्माण गरेका सुशिल पोखरेलले 'लालच' नामको नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । फिल्म निर्माणको घोषणासँगै उनले नयाँ अनुहारको खोजी गरेको पनि बताए ।

 

भाद्र २९ गते रिलिज हुन लागेको फिल्म 'बडिगार्ड' का नायक फिल्मीखबर मार्फत नै सम्पर्कमा आएको स्मरण गर्दै निर्माता पोखरेलले फिल्म निर्माणको घोषणासँगै ६ जना नयाँ अनुहारको खोजी गरेको बताउँदै भने, 'फिल्म प्रति मोह र केहि गर्छु भन्नेहरूलाई मौका दिने अभिप्रायले मैले नयाँ अनुहारको खोजी गरेको हुँ ।' कलाकारका लागि चाहिने गुण भएकाहरूले फिल्मीखबर या आफूलाई सिधै सम्पर्क गर्न सक्ने यि निर्माताको भनाई छ । फिल्मका लागि ४ पुरूष कलाकार र २ महिला कलाकार चाहिने उनी बताउँछन् ।

 

सिक्किमका टिनेजर्स नेपाली युवा बिशाल सुब्बाले लेखिरहेको फिल्मको स्क्रिप्ट थ्रीलर श्रेणीको हुने सुशिलले बताए । उनले भने, 'नयाँ कलाकार, नयाँ सोच र नयाँ प्रस्तुतीका साथ फिल्म बनाउने तयारी गर्दैछु ।' निर्देशक फाईनल नभईसकेको सो फिल्म चोरी डकैतीको बिषयमा केन्द्रित हुनेछ । पैसाको पछाडी दौडनेहरूको कथा रहने सो फिल्मको सुटिङ तिहार पछि गरिनेछ ।