
केमेष्ट्री मिलेपछी एकले अर्कोको तारिफ गर्नु स्वभाविक हो तर आफ्नो हकमा गायक हुँदै नायक भएका बाबु बोगटी फरक शैलीले ब्याख्या गर्छन् । निर्देशक सुरज सुब्बा जसले बाटो मुनिको फूलबाट ज्यादा तारिफ पाए उनी अहिले ब्यस्त निर्देशकको सूचीमा छन् । जो संग काम गर्न अधिकांश फिल्ममेकरले चासो बढाईरहेका छन् । त्यसैले त होला उनको हातमा दुई वटा फिल्मको स्क्रिप्ट फाईनल भएर बसेको छ भने अन्य फिल्म लाईनमा छन् । यध्यपी बार्षिक तीन वटा भन्दा बढी फिल्म निर्देशन नगर्ने सोचमा छन् उनी ।
सुब्बा अहिले मेरो भ्यालेन्टाईन फिल्म निर्देशनमा ब्यस्त छन् जसको सुटिङ गत बैशाख २१ गते देखि सुरू भएको हो । दश दिनमा सोर्ह घण्टाको दरले तिब्र गतिमा सुटिङ भईरहेको सो फिल्मको ६० प्रतिशत सुटिङ सकिएको छ । 'अबको केही दिनमा दश दिनका लागि चितवन जादैछौ', आईतबार नुतन स्टूडियोमा गम्भीर शैलीले काममा ब्यस्त रहेका बेला सुब्बाले भने । केही दिने काठमाण्डूको सिन सकिए लगत्तै युनिट आउट डोर सुटिङका लागि चितवन जान लागेको हो । जहाँ फिल्मको गित खिचिने छ ।
बाबु सहित, स्वतन्त्र प्रताप शाह, निशा अधिकारी र सुस्मिता ढकाल लिड रोलमा रहेको सो फिल्मलाई अनामनगरमा रहेको पोष्टप्रोडक्सन कम्पनी सफ्ट ईमेजले पहिलो पटक निर्माण गरेको हो । सुरज सुब्बाको तीन वटा फिल्ममा लगालग देखिरहनु भएको छ कारण के होला भन्ने फिल्मीखबरको प्रश्नमा बाबुले लामै गरी भने, 'दाईसंग डाईरेक्टर भन्दा फ्रेण्ड भएर काम गर्ने बाताबरण पाएको छु जसकारण म उहाँको प्रोजेक्टमा फ्रि भएर काम गर्ने हुँदा आउटपुट राम्रो आएको र उहाँले मलाई दोहोर्याउनु भएको । अझ भनौ उहाँसंग बाटो मुनिको फूल र सायदमा पनि काम गरेकाले धेरै कुरा सिक्ने अबसर पाए त्यसैले उहाँ मेरो स्कुल हो ।'
बाबुले बाटो मुनिको फुलबाट हिरोको पनि ट्याग भिरेका हुन् । लगत्तै उनले नविर्से तिमीलाई न पाए तिमीलाई र रिलिज हुन लागेको फिल्म आई एम ईन लभमा पनि लभर ब्याय भएर खेलेका छन् । 'जब म मेरो भ्यालेन्टाईनको स्क्रिनमा आउँछु तब दर्शक हरेक पटक मेरो उपस्थिति मा रमाउने छन् । त्यसैले यो फिल्मले मेरो करियर विकासमा ठूलो भुमिका खेल्नेछ', उनले भने ।
यस्तै सोही फिल्मका अर्का अष्ट्रेलियाका एनआरएन हिरो स्वतन्त्र पनि नाल्बोको निर्देशन कलालाई मुक्त कण्ठले तारिफ गर्छन् । दश लाख हालेर फेसबुक फिल्ममा हिरो बनेको आरोप पनि छ तपाईमा के यो सत्य हो भन्ने फिल्मीखबरको प्रश्नमा उनले भने', मेरो मित्र सुनिल रावलको सहयोगमा सुरज जीसंग भेट भयो त्यसैले फेसबुकका लागि उहाँले मलाई अनुबन्धीत गर्नु भएको हो बाँकी कुरा हल्ला हो । नयाँ कलाकारलाई यस्तै आरोप लाग्छ यहाँ त्यसैले यस्ता हल्लाको पछाडी नलाग्न आग्रह गर्दछु । र, यो पनि क्लियर गरौ मैले आफू खेलेको फिल्मको अष्ट्रेलिया राईट्स पनि किन्ने निर्णय गरेकाले यस्तो आरोप लगाईएको होला ।' श्रावण १५ देखि रिलिजको तयारीमा रहेको फिल्म फेसबुकबाट हिरोको ट्याग भिरेका स्वतन्त्रको कामलाई मन पराएर सुब्बाले मेरो भ्यालेन्टाईनमा उनलाई दोहोर्याएका हुन् ।
'फेसबुक मेरो आफ्नै कथासंग मेल खाने फिल्म बनेको छ भने मेरो भ्यालेन्टाईन भिन्न । यो फिल्ममा म प्ले व्वायको भूमिकामा छु', स्वतन्त्रले भने । चकलेटी अनुहारका उनी नयाँ भन्दैमा चर्चाका लागि जुन पायो त्यही फिल्म नखेल्ने बताउछन् । यस्तै पहिलो फिल्म सवै कुरा नयाँ यो बिषयमा सुस्मिता ढकाल भन्छिन्, 'मेरो लागि त गड फादर भन्न रूचाउछु सुब्बा सरलाई । एउटा म्यूजिक भिडियो मात्र खेलेको अनुभव छ मसंग त्यसैले मेरो लागि त उहाँ स्कुल हैन प्रि–स्कुल (मन्टेश्वरी) भन्छु । किनकी प्रि–स्कुलबाट नै स्कुलमा कसरी प्रेजेन्ट हुने कुरा सिकिन्छ ।'