हल सम्म पुग्दा नोटबुक के कस्तो तयारीका साथ आउला अहिलेनै भन्न सकिने अवस्था छैन तर सुटिङ्ग अगावै नोटबुकको हेडिंग पोष्टरलाई निर्देशक योगेश घिमिरेले सार्वजनिक गरेका छन् ।
'यो दर्शक प्रतिक्रियाको लागि हो । दर्शकले जस्तो भन्छन् त्यस्तै डिजाईन तयार गरिने छ' रफ पोष्टर सार्वजनिक गर्दै उनले भने । सम्भव भएसम्म जेठ २७ गते देखि फ्लोरमा जाने सो फिल्मको अहिले प्रि –प्रोडक्सनको काम धमाधम भैरहेको छ र सोही ब्यस्तताको बाबजुत पनि भने जस्तो कलाकार अझै फेला पार्न सकिरहेका छैनन् उनले । 'चलेका कलाकार लिऊ भनेको फेरी लिन मन लागेन त्यसैले फ्रेस अनुहार नै यो फिल्मका मुख्य कलाकार हुन सक्ने प्रबल सम्भावना छ', उनले भने । विशेष गरी उनलाई नयाँ हिरोईन चाहिएको छ ।
नोटबुक डायरीको कुनै पन्नामा लेखिएको एक कथामा आधारित भएर बनाईन लागिएको फिल्म हो जसमा प्रज्ञा फिल्मसको ५० लाख लगानी रहने छ । सार्वजनिक नोटबुकको उत्कृष्ट पोष्टर कन्सेप्ट दिनेलाई प्रज्ञा फिल्मसले क्रेडिट पनि दिने निर्णय गरेको छ । जसका लागि निर्देशक घिमिरेको ईमेल ghimireyogesh@gmail.com मा आफूले तयार गरेको डिजाईन पठाउन प्रज्ञा फिल्मसले दर्शकलाई आग्रह पनि गरेको छ । फिल्मको प्रोड्यूसर प्रज्ञा जोशी हुन् ।