मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

अभिनय र नेपाल छोड्दिन : प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2012/05/12

नेपाली फिल्म इन्डष्ट्रीमा छोटो समयमा नै राम्रो चर्चा पाउन सफल नायिका प्रियंका कार्कीले अभिनय यात्रा र नेपाललाई कुनै पनि हालतमा नछाड्ने बताईन् । अमेरिका ग्रिन कार्ड होल्डर प्रियंकाले अबको जीवन फिल्म क्षेत्रसँग बिताउने बताउँदै अभिनयमा निरन्तर लाग्ने बताईन् ।


दुई फिल्म 'मेरो बेष्ट फ्रेण्ड' र 'थ्री लभर्स' मा काम गरेर एक महिने छुट्टि लिएर अमेरिका पुगेकी प्रियंकाले मंगलबार नेपाल आउने बताउँदै भनिन्, 'अब बिदाको दिनमा मात्र घुम्नका लागि भनेर अमेरिका जान्छु होला । मेरो करियर अब फिल्ममा नै भएकाले अमेरिका मेरो बसाई हुने छैन ।' आफ्नो देशमा राम्रो काम गर्ने मौका पाएकोले सो मौका नगुमाउने उनको भनाई छ ।
 

नेपाली फर्किए   लगत्तै   दिपेन्द्र के. खनालको फिल्म भिजिलान्तेमा काम गर्ने बताउँदै प्रियंकाले अमेरिकामा नै छोडेर नेपाल बस्ने तयारी गरेको बताईन् । बुझ्नमा आए अनुसार प्रियंका अमेरिकामा रहेका आफ्ना सामान लिएर नेपाल फर्किंदैछिन् । यता प्रियंका आफ्ना श्रीमानलाई अमेरिका छोडेर नेपाल बस्न थालेको गाईंगुईं पनि सुनिन थालेका छन् । उनले भने फुर्सद निकालेर बेला बेला श्रीमान भेट्न जाने बताईन् ।

 

प्रियंकाले नेपाल आएको केहि दिनमा नै आफू अभिनित फिल्म 'थ्री लभर्स' को डबिङ गर्नेछिन् । साथमा उनले आफ्ना दुबै फिल्मको प्रोमोशनमा पनि समय दिनेछिन् । अहिले प्रियंका हरेक फिल्मकर्मीको नजरमा परेकी आश लाग्दी कलाकार हुन् ।