
बिहान दश बजे पछि राजधानीमा बन्द खुलेकाले फिल्मी माहोलमा चहलपहल सुरु भएको छ । जसकारण सायद प्रदर्शनरत गोपीकृष्ण हलका दुईवटा थिएटर हाउसफुल भएको सोही हाउसमा कार्यरत शिशिर भण्डारीले जनाएका छन् । यस्तै गोपीकृष्णको दुई थिएटरले दर्शक थाम्न नसकेपछी एघार सय सिट क्षमताको गोपी हलमा सायद सारिएको छ । 'विहानको शोमा लाठी चार्ज नै गर्नु पर्यो जसको भिजुअल मिडियालाई उपब्लध गराउछौ', प्रोड्यूसर सुनिल रावलले शनिबार बिहानकै शोमा दर्शकले सायद रुचाई दिएपछी हर्षित हुदै भने ।
त्यस्तै बालाजुमा रहेको अष्टनारायण पिक्चर्समा पनि सिट नपुगेर दर्शक फर्किएको संचालक त्रिरत्न मानन्धरले फिल्मीखबरलाई जनाकारी गराए । सायदले हिजो बन्दको दिन पनि सो हलबाट एक लाखको ब्यापार गरेको उनले बताए । उनले भने, '२ सय र ५ सय क्षमताको हल दिईएका छौ त्यो पनि हाउसफुल भएको छ ।' मानन्धरले दुईवटा हलले थाम्न नसकेको अवस्थामा सायदलाई नौ सय क्षमताको ठूलो थिएटरमा १२ बजे पश्चात प्रदर्शन गरिने प्रबल सम्भावना रहेको बताए । शुक्रबारको बन्दको दिन समेत दर्शकले सायद खोजी खोजी हेरेपछी यो फिल्मले फिल्मी ईतिहासमा अर्को रेकर्ड कायम गर्ने अनुमान काटिएको छ ।
गोपीकृष्ण र अष्टनारायणमा मात्र हैन गुण र विश्वज्योतिमा पनि सायदको मर्निङ शोमा दर्शक खचाखच थिए । त्यस्तै बाराहीमा पनि बिहानी शो हाउसफुल भएको रिपोर्ट सायद टिमले दिएको छ । यसैगरी कालोपुलमा रहेको हिरारत्नमा पनि दर्शकको घुईचो बढेपछी ठूलो हलमा सरिएको छ । साथै डेढ सय क्षमताको कलंकी सिनेमा घरमा पनि सायदको शो हाउसफुल भएको रिपोर्ट प्राप्त भएको छ ।
युथ टार्गेट फिल्मले कलेजका विद्यार्थीलाई तानेपछी क्यूएफएक्स च्यानलले आफ्नो शो बृद्धी गरेको छ । क्यूएफएक्सले सेन्ट्रोलमा एक शो थप्दै दुई शो र कुमारीमा पनि आजदेखि दुई शो दिएको छ । सो च्यानल अन्र्तगत जयनेपालमा भने तीन बजेको शो मात्र सायदलाई दिईएको छ । ७० लाख बजेटमा निर्मित सो फिल्मलाई सुरज सुब्बाले निर्देशन गरेका हुन् जसले पछिल्लो समय बाटो मुनिको फुलबाट अत्यन्त तारिफ पाउदै अवार्डमा पनि उत्कृष्टता हासिल गरेका थिए । सायदमा निर्देशक नारायण पुरीका छोरा संयम लिड रोलमा छन् । जसको अभिनय पाका अभिनेताको भन्दा उत्कष्ट रहेको विश्लेषण भईरहेको छ । सायद बनेपा सहित राजधानीका २० वटा हलमा रिलिज भएको छ । बाँकि हलमा पनि सायद हेर्ने दर्शक ८० प्रतिशत माथि रहेका छन् ।