
करिश्मा मानन्धरले २५ बर्षे अभिनय यात्रामा आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गरिसकेकी छिन् तर जेष्ठ १८ गते देखि फ्लोरमा जान लागेको फिल्म धन्दामा उनी यस्तो भूमिकामा प्रस्तुत हुदैछिन् जहाँ उनी पूर्ण नेगेटिभ रहने छिन् । हालैको एक भेटमा करिश्माले यो बिषयमा भनिन् 'हातमा केहि फिल्म भएकाले आजकल अलि बिजी छु त्यसमध्ये धन्दामा विशेष पात्र भएर नेगेटिभ रोल गर्दैछु ।'
सुदर्शन थापाको निर्देशनमा बन्न लागेको थ्रीलर शैलीको सो फिल्ममा नाच्ने गाउने हिरोईन हुने छैनन् जुन कुरा केलाउदै करिश्माले भनिन् 'फिल्ममा हिरोईन नभएकाले मैले त्यस्तो भूमिका गर्न लागेको हुँ त्यसैले फिल्म विशेष नै बन्ला जस्तो छ । ' धन्दालाई उनले भाई मान्दै आएकी गितकार बाबुराम दाहालले सुदर्शनसंगको को -प्रोडक्सनमा निर्माण गर्न लागेका हुन । यस अघि दाहालले फर्कि आऊ फिल्म मार्फत प्रोड्यूसरको ट्याग भिरेका थिए ।
'जेठ १४ पछिको स्थिति के हुन्छ नभए जेष्ठ १८ देखि फ्लोरमा जाने निर्णय गरेका छौ' बाबुरामले भने । फिल्ममा ब्याचनम्बर १६ डेब्यू एक्टर अर्पण थापा लिड रोलमा रहने छन् जो माथि फिल्म केन्दित रहने बताइएको छ । फिल्ममा डबली थिएटरका कलाकार पुस्कर गुरुङ , सन्दिप क्षेत्री, सामुना केसी तथा ओम प्रतिकले पनि काम गर्दैछन् । यस्तै फिल्म खिच्नका लागि पुरुषोत्तम प्रधान र फाईट तर्फ हिमाल केसी फाईनल भएको प्रोड्यूसर दाहालले जानकारी गराए । धन्दा फ्राइडे फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म हो ।