मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सायद बन्द न भईदिएको भए...

फिल्मीखबर, काठमाडौँ, 2012/05/12

सायद बन्द नभईदिएको भए लुट र चपली हाईटपछीको अर्को ब्लकबष्टर फिल्मको  रुपमा सायद देखिने प्रबल सम्भावना थियो तर रिलिजको पहिलो गासमै बन्दको ढुङ्गा परेको सायदको विजनेस भविष्य अब कता तिर र के कस्तो होला भन्ने बिषय भगवानकै हातमा रहेको छ । 

 
 किन कि शनिबार पनि बन्द हुने नहुने निश्चित नभईसकेकाले सायदको विजनेश कस्तो होला भन्ने कुरामा  फिल्मका महापण्डितहरुको अनुमानले पनि मेल खाईरहेको छैन् । हुन त बन्दमा पनि सायदको बिजनेस सन्तोषजनक रहेको प्रारम्भीक रिपोर्ट प्राप्त भएको छ । शुक्रबारको बन्दको दिन गुण ,  विश्वज्योति, विगसिनेमा र अष्टनारयाण हलमा दर्शक सायद हेर्न पुगेका थिए जसकारण प्रोड्युसर सुनिल रावलको अनुहार अलिकति उज्यालो देखिएको छ  । 'बन्दको बेलापनि डिसिएनले विजनेस राम्रो भएको जनाएकाले अलिकति मन बुझाउने ठाँउ भएको छ के गर्नु दर्शकले फिल्म त मनपराएका छन् त्यसैले हेरौ कति कलेक्सन भएछ केही बेरमा रिपोर्ट लिने छु ।'  टेनसन मुद्रामा रावलले शनिबार बिहान भने ।   
 
संविधान जारी मिति जेठ १४ नजिकिएको प्रसङ्गमा विभिन्न संगसंगठनले जातिय राज्यको माग र केही संगठनले सो मागको विरोधमा नेपाल बन्द आह्वान गरिरहेका छन् । जुन आह्वान विभिन्न मितिमा  राप्रपा नेपाल लगायतका अन्य संघसंगठनले पनि गरिसकेका छन्  । तसर्थ जेठ १४ सम्म बन्दका श्रृङखला जारी रहने हुदा यो विचमा रिलिज भएका सायद जस्ता राम्रा फिल्मलाई बन्दले असर पुर् याउने निश्चीत छ । त्यसैले   जेठ ५को रिलिज डेट फिक्स गरेको अपवाद र १२ को मितिमा रिलिज डेट तोकेको मालतीको भट्टीका प्रोड्यूसरले   पनि यहि कुरा बुझेर होला तत्काल रिलिज स्थगित गरेको ।
 
सायदको  यस अघि मोफसल रिलिज स्थगित गरिए पनि राजधानी रिलिजलाई भगवान भरोसा भनी छाडेकाले अब उसको भविष्य भगवानकै हातमा रहेको छ  । हिजो शुक्रबार देखि डिसिएन सर्भर जडित १४ र अन्य ६ गरी सायद २० वटा हलमा लाग्ने बताईएको थियो तर भएन त्यसो यध्यपी राम्रो फिल्म जस्तो सुकै अवस्थामा चल्ने उदाहरण शुक्रबारको दिन आफूले पाएको प्रोड्यूसर रावल बताउछन् । 
 
यस्तै सायदको मोफसल रिलिज जेठ १४ गतेका लागि तय गरिएकाले सो मितिमा पनि उसको भबिष्य के होला भन्ने बिषय अझै अन्यौल छ किन कि सोही दिन संविधान जारी भएमा सवैसंगठनले बर्तमान संविधानसभाले जारी गरेको नया  सविधानलाई स्वीकार्ने अवस्था छ भन्ने कुनै ग्यारेन्टी छैन् । किन राजमार्गमा कुखुरा मरेको निहुमा बन्द गर्न पछि नपर्ने मोफसलका केही  नेपालीहरुले सानो बहानामा नयाँ संविधान प्रति असन्तुष्ट जनाउदै अनिश्चितकालिन बन्द आह्वान नगर्लान भन्ने अवस्था छैन् ।