मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

शुक्रबार राजधानीका पर्दामा `सायद`

फिल्मीखबर, काठमाण्डौ, 2012/05/10

लागुऔषधले समाजमा पार्ने असर तथा दुई पुस्ता बिचको द्धन्दमा आधारित रहेर निर्माण गरिएको युवापुस्ता लक्षित फिल्म 'सायद' भोली शुक्रबारबाट राजधानीका डेढ दर्जन पर्दामा रिलिज हुनेछ ।

 

अहिलेको बहुप्रतिक्षित फिल्म सायदलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । सुनिल रावल, झरना थापा, संयम पुरी, विल्सनविक्रम राई, रितिका लामा, अनिता दाहाल, अराज केशब, किशोर सम्वाहम्फे, गोपाल यक्तेन लगायतले अभिनय गरेको सो चलचित्रमा करिश्मा  मानन्धर तथा बाबु बोगटीले अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन् । दुर्गिस फिल्मको व्यानरमा निर्माण गरिएको सो फिल्ममा स्याडोज व्याण्डले संगीत दिएका छन् भने संजय लामाको छायाँकन, गोबिन्द राई र अराज केशवको करियोग्राफी रहेको छ । फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् ।

 

बिशेष गरी राजधानीमा मल्टिप्लेक्स केन्द्रित सो फिल्म बन्दको प्रभावले गर्दा मोफसलका हलमा रिलिज हुनेछैन । जेष्ठ १४ गते पछिको अवस्थालाई हेरेर मोफसल रिलिज गरिने निर्माण पक्षले जनाएको छ । यस्तै फिल्म अमेरिका, युके, अष्ट्रेलिया, डेनमार्क सहितका मुलुकमा मे महिनामा नै रिलिजको तयारी गरिंदैछ । यसअघि यो फिल्म इजरायल, कोरियामा रिलिज भईसकेको छ।

 

Click here for promo : Saayad