मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्लोरमा रहेका तीन फिल्मलाई बन्दको प्रभाव

फिल्मीखबर, काठमाण्डौ, 2012/05/10

विभिन्न कारणले अवरोध खेप्दै आएको मायाज बारलाई बिहिबारको नेपाल बन्दले असर गरेको छ । झण्डै तिन महिना देखि फ्लोरमा रहेको सो फिल्म प्याकअपको अन्तिम चरणमा थियो तर शुक्रबार ब्राहम्ण, क्षेत्री समुदाय तथा विभिन्न संघसंगठनले आह्वान गरेको नेपाल बन्दको प्रभाव उक्त फिल्म माथि पर्न गएको हो ।

 

'वर्ल्ड ट्रेड सेन्टरमा केही सिन खिचिने कार्यक्रम थियो तर बन्दले गर्दा अब खिचिने छैन', खर्च डब्लिरहेको अवस्थामा बन्दले पुर्‍याएको थप पिडा सहित निर्माता सुनिल मानन्धरले भने । उनले भने, 'अब शनिबार एकै चोटी हेलिकप्टरको सिन खिचेसंगै फिल्म पुरै प्याक अप गरिन्छ होला ।' मानन्धरका अनुसार हेलिकप्टर सहितको क्लाईमेक्स सिन गोदावारीको लोकेशनबाट चोभार सरेको  छ जुन दृश्य निर्देशक दिनेश डिसीले तीन वटा क्यामेराको प्रयोग गरी खिच्ने तयारी गर्दा उनी हौसिएका छन् ।

यस्तै बन्दको असर सो सिम्पल माथि पनि परेको छ । गत सोमबार देखि सुरू भएको सो फिल्मको सुटिङ आज धुलिखेल भकुण्डेवेसीमा गर्ने तयारी थियो तर बन्दको हल्लाले गर्दा सो टिम हिजो साँझ नै काठमाण्डू फर्किएकाले बन्द नसकिउन्जेल फ्लोरमा जाने छैन । निर्देशक शिव रेग्मीले भने, 'बन्दको हल्लाले हिजो आएका थियौं र बिहानको अवस्था हेरेर फ्लोरमा जाने तयारी गरेका थियौं तर भएन ।'
 

उता निशा अधिकारीले सेडुल जुधाएर हैरान पारेको अवस्थामा सुटिङमा ब्यस्त रहेको धुँवा टिम पनि धादिङबाट काठमाण्डू फर्किएर बन्दको शिकार भएर बसेको छ । निर्देशक लक्ष्मण रिजालका अनुसार बन्द नखुलुन्जेल सम्म धुँवाको सुटिङ हुने छैन । नगरकोटमा रहेको हिल साईड रिसोर्टमा तिन दिन देखि सुटिङ भईरहेको फुलस्टपलाई बरू झरीले हैरान पारेको छ । फोनमा कुरा गर्दै निर्देशक कमलकृष्णले भने, 'अझै दश दिन होटल परिसरमै सुटिङ हुने भएकाले बन्दको असर पर्ने छैन बरू पानी परिरहेकाले सुटिङ ब्रेक भईरहेको छ ।'

 

उता तराईमा रहेका छड्के टीमलाई पनि बन्दले खासै असर नपुर्‍याएको बताईएको छ । हाल नारयणघाटमा रहेको सो युनिटले बन्द खुल्ला हुँदा आउटडोर र बन्द हुँदा ईन्डोर गरी आफ्नो काम धमाधम गरिरहेको छ । छड्कोको ७० प्रतिशत सुटिङ सकिएको खबर प्राप्त भएको छ ।  यसैगरी गत २१ गते देखि फ्लोरमार रहेको अर्को फिल्म मेरो भ्यालेन्टाईलाई पनि बन्दले कुनै असर पुर्‍याएको छैन  । काठमाण्डूको नुतन स्टूडियोमा केही दिन देखि सुटिङ सुरू भएको सो फिल्मको युनिट अस्थिर राजनीतिको भिडमा भईरहेको बन्दको मौकामा ईन्डोर सिन सक्याउने धुनमा छ । निशा अधिकारी, सुस्मिता ढकाल, बाबु बोगटी र स्वतन्त्र प्रताप शाह लिड रोलमा रहेको सो फिल्मलाई सुरज सुब्बाले निर्देशन गरिरहेका छन् ।

 

यस्तै चरिकोटमा रहेको 'मुटु' युनिटलाई पनि बन्दले प्रभाव पारेन । सूर्य बोहराले निर्देशन गरिरहेको सो फिल्ममा केकी अधिकारी, बिमलेश अधिकारी र मुकेश आचार्य मुख्य भुमिकामा छन् ।