Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कालापानी प्रदर्शन निर्देशकलाई सम्मान तथा विदाई

प्रेम लामा, दोहा, 2012/05/09

गल्फ सिनेमा हलमा मे ४ मा फिल्म कालापानी प्रदर्शन भयो । सोही दिन आरम्भ नाट्य डबलीका अध्यक्ष रेखा राईको सभापतित्वमा सम्मान तथा विदाई कार्यक्रम पनि सम्पन्न  गरियो ।

 

नेपाली कला, सँस्कृतिको जर्गेना तथा नेपालको सिमा सम्वन्धि जनचेतना जगाउने कार्यमा अथक प्रयास गरे बापत सोही दिन निर्देशक उद्धव अविदितलाई मुम्ताजको गार्डेनमा एक कार्यक्रममा प्रमुख अतिथि एनआरएन एनसीसीका अध्यक्ष अमृत गुरुङ्गद्धारा दोसल्ला, खादा ओढाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । सम्मान तथा विदाई कार्यक्रममा  आरम्भ नाट्यका कलाकाहरुको उपस्थिति रहेको यियो ।

 

आरम्भ नाट्य डबलीका निर्देशक उद्धव राईले स्वागत मन्तब्य दिएका थिए भने नवोदित मोवाईल पुस्तकालयका उपाध्यक्ष युगयोगी राईले कालापानीको वारेमा समिक्षा गरेका थिए । रविन खनालले यस फिल्मले देशको गौरव बढाएको मन्तब्य दिए । सम्मान तथा विदाई कार्यक्रममा निर्देशक अविदितले आरम्भ नाट्य डबली युनिटले कतार सम्मा आएर फिल्म प्रदर्शन गर्न सहयोग गरेकोमा युनिटका सवैलाई धन्यवाद दिए । कतार वासीले फिल्म हेरिदिएकोमा निर्देशकले खुशी ब्यक्त गरे । निर्देशक सोमवार नेपाल फर्किसकेका छन् ।