
हिरोईन सुष्मा कार्की रियल लाईफमा जति विन्दास छिन अब उनको रियल लाईफको हाऊभाऊ फिल्म 'विन्दास' भित्र देख्न पाईने छ । राजु गिरीको निर्देशनमा आउदो जेठ १ गते देखि फ्लोरमा जाने सो फिल्मका लागि सुष्माले हाल सम्मकै उच्च रकम लिएकी छिन् ।
सुष्माले सो फिल्मका लागि ३ लाख ५ सय ५१ रूपैयामा एग्रिमेण्ट गरेकी हुन् । 'अरू फिल्मबाट पनि एप्रोच आएको थियो तर मलाई यो फिल्मको स्क्रिप्ट अत्याधिक मन परेकाले एग्रिमेण्ट गरेको हुँ', सुष्माले भनिन् । 'मेरो फिल्मको क्यारेक्टरलाई सुष्मा बाहेक न्याय गर्ने अरू कोही हिरोईन देखिन त्यसैले उनले मागेको रकममा हामीले एग्रिमेण्ट गरेका हौ', निर्देशक राजु गिरीले बताए ।
फिल्मको जेठ १ गते बिहान बालाजु स्थित चलचित्र विकास कम्पनीमा मुर्हुत गरी सोही दिनबाट सुटिङ सुरू हुँदैछ । निर्माण पक्षले दिएको जानकारी अनुसार मुर्हतमा नेपाली काँग्रेसका एक नेता प्रमुख अतिथि हुने छन् । यस अघि बजार निर्माण गरेको कम्पनी मार्सल फिल्म्सको ब्यानरमा बन्न लागेको सो फिल्मलाई प्रस्तुतकर्ता भएर मधुकुमार श्रेष्ठ र निर्माताको ट्याग भिर्दै राजु केसीले निर्माण गर्न लागेका हुन् ।
३५ दिनका लागि सेडुल बनाएर धादिङ र काठमाण्डूमा सुटिङ हुने फिल्ममा यस अघि दिलमाया र द्रव्यमा अभिनय गरेका अशोक फुयाँल र डेब्यू गर्दै सुशान्त कार्की हिरोको रूपमा देखिने छन् । भोजराज देवकोटाले लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत समावेश छ भने फाईट तर्फ रोशन श्रेष्ठ फाईनल भएका छन् । यस अघि केही फिल्ममा चिफ असिस्टेन्ट भएर क्यामेरा चलाएका राजेन्द्र सापकोटाले क्यामेरा पार्टबाट डेब्यू गर्दै फिल्म खिच्नेछन् ।