रिलिजको तयारीमा रहेको रेखा थापा स्टारर फिल्म 'लंका' को फस्ट लुक रिलिज गरिएको छ । एक्सन श्रेणीको सो फिल्मको फस्ट लुकलाई अफिसियल्ली फिल्मीखबरबाट रिलिज गरिएको हो ।
साजन फिल्म्ससँग मिलेर चण्डिका फिल्म्सले निर्माण गरेको सो फिल्ममा रेखा थापा प्रहरी इन्स्पेक्टरको भुमिकामा प्रस्तुत भएकी छिन् । श्याम भट्टराईको निर्देशनमा बनेको सो फिल्ममा रेखाले अपराधको लंका जलाउने काम गर्छिन् । रेखालाई निर्देशनक श्यामले फिल्मको हिरो नै भएका छन् । निर्देशक भट्टराई, महिमा शाह र ॐ प्रकाश अग्रवाल निर्माता रहेको सो फिल्ममा किशोर खतिवडा, नन्दु श्रीवास्तव, नागेन्द्र रिजाल, ध्रुव कोईरालाको मुख्य भुमिका रहेको छ ।
राजनितीको खोल ओढेर लंक बनाउन खोज्ने रावण चरित्र भएकालाई देशको रक्षकले गर्ने सफाईमा नै फिल्म केन्द्रित रहेको निर्देशक भट्टराई बताउँछन् । सर्लाहीमा छायाँकन गरिएको सो फिल्ममा मदन कास्यप घिमिरेको छायाँकन, राजेन्द्र खड्गीको द्धन्द तथा शंकर बिसीको करियोग्राफी रहेको छ । यसै फिल्मबाट पार्श्व संगीतकारको रूपमा सन्तोष रजौरेले डेब्यू गरेका छन् । फिल्मको कथा बरिष्ठ निर्माता छबिराज ओझाको रहेको छ । उनी फिल्मका सल्लाहकार समेत हुन् ।
- चैत २७ मा नआउने भएको हो ‘३६ को आँकडा’ ?
- ‘लालिमा’ निर्माताको बालेनलाई खुला पत्र : यौनकर्मीको मुद्धा सम्बोधन गर्न माग
- सकियो ‘कार्की साइँला’को छायांकन, बेहुला-बेहुली बने जितु र प्रियना
- रिमा सांसद बन्दा प्रकाश छुटे
- ‘हामी तीन भाइ’को ट्रेलरमा अंशबन्डाको झगडा
- किन फेरियो अनुपले सलमानसँग खेलेको फिल्मको नाम ?
- ‘पाँच पाण्डव’को छायांकन सुरु, धुर्मुस नहुने
- ‘परालको आगो’को ‘उडी जाऊँ भने’ गीतमा सुहानाको जीवन्त अभिनय
- ओस्कार २०२६ : ‘वन ब्याटल आफ्टर एनदर’ले जित्यो ६ अवार्ड
- तुलसी घिमिरे निर्देशित ‘पहाड’को टिजरमा के छ ?

