
हेलिकप्टरको सिन खिचिएको प्रसङ्ग नेपाली फिल्ममा पहिलो पटक हैन तर सो हेलिकप्टरलाई क्यामेरामा कैद गर्ने तरिका भने नेपालमा सम्भवत पहिलो पटक भिन्न तरिकाले हुँदैछ ।
दिनेश डिसीको निर्देशनमा गत फागुल्न ८ गते देखि फ्लोरमा रहेको मायाज बारको क्लाईमेक्स सिन आउदो शनिबार गोदाबारीमा सुट हुँदैछ जसका लागि २ वटा रेड फोर के र एउटा थ्री के क्यामेराले ती दृश्य खिचिदैछ । सेट लगाएर भब्य तरिकाले खिचिएको उक्त फिल्मको सुट शैली अहिले फिल्म उद्योगमा गफ गर्ने माध्यम बनिदिएको छ । 'खर्च लम्बिए पनि कम्प्युटरमा मेकिङ हेरपछी चित्त बुझेको छ त्यसैले लाष्टमा किन कम्प्रमाईज गर्ने भन्दै तीन वटा क्यामेराले खिच्दैछौ', प्रोड्यूसर सुनिल मानन्धर बताउछन् ।
सुटिङ डेट डब्लीएपछी मानन्धर र डीसीको सम्बन्ध धमिलिएको थियो । जुन खबर फिल्मीखबरमा सार्वजनिक भएपछी अहिले उनीहरूको सम्बन्ध सुध्रिएको बुझिएको छ । १ लाख २५ हजार प्रति घण्टाको दरले फिष्टेल एयरको हेलिकप्टर बुक गरेका मानन्धरले सो दिन सम्म फ्लोरमै फिल्मको बजेट १ करोड ५ लाख पुग्ने बताए । श्रावण १८ गतेका लागि रिलिज डेट तोकिएको सो फिल्ममा राजेश हमाल, करिश्मा मानन्धर, निशा अधिकारी र डेब्यु गर्दै हिरो गजित विष्ट लिड रोलमा छन् ।
यस्तै फिल्मीखबरलाई प्राप्त खबर अनुसार सोही दिन रोज राणाको फिल्म हिरोईनको एक दृश्य पनि सोही हेलिकप्टर भएको मौकामा खिचिने छ । एउटै बजेटमा दुई काम फत्ते हुने भएपछी राणाले हिरोईन खिच्ने तयारी गरेका हुन् । हिरोईनको निर्देशक पनि डीसीनै हुन ।