Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भदौ १५ मा मेरो जीवन साथी

फिल्मीखबर, काठमाण्डौ, 2012/05/08

युवानिर्देशक दिवाकर भट्टराईले निर्देशन गरेको मल्टिस्टारर फिल्म 'मेरो जीवन साथी' को भदौ १५ का लागि रिलिज डेट फाईनल गरिएको छ । निर्देशक भट्टराईले फिल्मीखबरसँग कुरा गर्दै भदौ १५ उचित समय लागेको भन्दै रिलिज डेट फाईनल गरेको बताए ।

 

यसै फिल्मबाट निर्देशक बनेका भट्टराईले आफ्नो तर्फबाट उत्कृष्ट काम गरेको दाबी गर्दै दर्शकलाई मन पर्ने फिल्म बनाएको बताए । पहिलो फिल्ममा नै राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, शुष्मा कार्की जस्ता मल्टिस्टारसँग काम गरेका दिवाकरले फिल्म पूर्ण रूपमा मनोरञ्जनात्मक रहेको बताए । रागिनी खड्गी, शिवन पोखरेल, संगीता क्षेत्री, सुपी थापा, बिष्णु सापकोटा लगायतले समेत अभिनय गरेको सो फिल्मलाई यमन म्युजिकले निर्माण गरेको हो ।

 

सुर्य कार्की निर्माता रहेको सो फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् । फिल्ममा पछिल्लो समय चर्चामा रहेका अर्जुन पोखरेलले संगीत दिएका छन् भने हिमाल केसीको द्धन्दनिर्देशन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ । फिल्मको कथा सामिप्य तिमल्सिनाले लेखेका हुन् ।

 

डिसिएन सर्भरबाट रिलिज हुने फिल्म मेरो जीवन साथीलाई काठमाण्डौमा मदनमान बज्राचार्यले वितरण गर्नेछन् भने पश्चिममा रामजी श्रेष्ठ र पूर्वमा बल्लु पराजुलीले वितरण गर्नेछन् ।