मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

लास्ट किसमा खोलिन् कतारमा ढाकिन्

शैलेन्द्र कठायत, दोहा, 2012/05/08

नायिका सोभिता सिंखडा बदलिंदो समय अनुसार आफूलाई पनि बदल्ने गरेकी छिन् । कहिले आफ्नो शरिरलाई हद भन्दा बढि देखाउँछिन् त कहिले केहि पनि नदेखिने गरेर ढाक्छिन् । पछिल्लो दिनमा पनि यस्तै देखिएको छ ।

 

प्रदर्शनको क्रममा रहेको फिल्म 'द लास्ट किस' मा मज्जाले खुलेकी सोभिता केहि दिन अगाडी कतार आएर बुर्कामा भेटिईन् । बिशेषगरी मोडलिङका समयमा सम्पूर्ण शरिरलाई नै खुल्ला राखेकी सोभिताले कतारी ड्रेस बुर्का लगाएर अर्को चर्चा बटुल्दै छिन् । कतारको समुन्द्री किनार र सडकमा अनुहार मात्र देखाएर कालो बुर्कामा सोभिता देखिएपछि कतै  उनी पूजा लामा उर्फ आम्ना फारुकी जस्तै मुस्लिम त भईनन् भन्नेहरू पनि भेटिन थालेका छन् कतारमा ।

 

आफ्ना श्रीमान कतारमा भएका कारण नेपाल कतार गरिरहने सोभिता नेपालमा हुँदा ओसोमा पुगेर हप्तौं ध्यानमा समेत बस्ने गर्छिन् । ओसोमा पुग्दा छुट्टै आनन्द आउने बताउने सोभिता कतारको वातारणलाई पनि रूचाउँछिन् । त्यसैले त उनी कतारलाई पानी पधेंरोको रूपमा हेर्ने गरेकी छिन् । कहिले ओसोमा लगाईने पहिरन त कहिले मुस्लिम समुदायमा लगाईने पहिरन अनि कहिले पाश्चात्य मुलुकको फेसनमा देखिरहने यि नायिकाका फरक गेटअप यस्तो छ -