मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

भिजे शिशिर पनि हिरो

फिल्मीखबर, काठमाण्डौ, 2012/05/08

गोपीकृष्ण टिभी फिल्मीमा कार्यरत अर्का भिजे शिशिर भण्डारीलाई बधाई छ जो फिल्मका हिरो भएका छन् । २३ बर्षे शिशिरले केशव भट्टराईको नयाँ फिल्म शो सिम्पलबाट हिरोको टयाग भिरेका हुन् ।

सोमबार देखि सुटिङ सुरू भएको सो फिल्मको क्यामेरा फेस उनले बिहिबार मात्र गर्दैछन् । 'हुन त कार्यक्रम चलाउदा टिभीको क्यामेरासंग खेल्ने बानी परिसकेको छ तर पूरा फिल्म खिच्ने क्यामेरा अगाडी जाने बेला भएपछी अलि कस्तो कस्तो लागि रा'छ', नयाँ हिरो भण्डारीले भने । विगत एक बर्षदेखि टिभी फिल्मीका जागिरे उनी तीन बर्ष रेडियो अडियोमा आरजेको रूपमा कार्यरत थिए त्यस पश्चात उनले वेवसाईटमा दुई महिना फिल्मी पत्रकारिताको अनुभव बटुले  र त्यसपछी उनी टेलिभिजनमा छिरेका हुन् ।

'मेरो प्रोग्राम डुब्लीकेट हेरेर यस अघि धेरै फिल्म मेकरले फिल्म र टेलिफिल्म खेल्न प्रस्ताव गर्नु भएको थियो तर यो पेशामा आएपछी सवै कुरा हेर्नु पर्छ भन्दै ति फिल्म खेलिन तर केशव दाई जस्तो मेकरले प्रस्ताव गरेपछी खेल्न राजी भएँ', हिरो कसरी बन्यौ प्रसङ्गलाई भण्डारीले खोले । शिव रेग्मीको निर्देशन रहेको सो फिल्ममा उनी सेकेण्ड लिड क्यारेक्टरमा छन् जो नयाँ हिरो प्रमोद भारद्धाजको साथीको भूमिकामा सुरू देखि अन्त्यसम्म फिल्ममा देखिने छन् ।

 

अव यो लाईनमा आईहाल्नु भयो कस्तो भूमिकामा आफूलाई स्थापित गराउने सोच छ भन्ने प्रश्नमा उनले भने, 'मलाई हिन्दी फिल्म धमाल तथा थ्री ईडियट्समा देखिएका प्रमुख पात्र जस्तै भएर यो लाईनमा जम्ने सोच छ किनकी सिच्वेश्नल कमेडी म राम्रोसंग गर्न सक्छु ।' यस अघि सोही च्यानलमा कार्यरत भिजे एसराजले हिरोको ट्याग भिरिसकेका छन् जो  विकाऊ कलाकारको रूपमा आफूलाई उभ्याईसकेका छन् । अहिले एसराज सो च्यानलमा कार्यरत छैनन् किनकी हिरो भएपछी उनले चाहेर पनि मिडियामा कमब्याक हुने सोचाई राखेका छैनन् ।