मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रज्ञा फिल्मसले नोट बुक बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2012/05/08

आफ्नो क्याम्पमा रहेका निर्देशक योगेश घिमिरेलाई पुनः दोहोर्‍याउँदै निर्माता प्रज्ञा जोशीले 'नोट बुक' फिल्म बनाउने तयारी गरेकी छिन् । कलाकार छनौटमा ब्यस्त रहेकी जोशीले सोमबार फिल्मको टाईटल  जुराईएकी हुन् ।

 

निर्देशकको हातमा सवैकुरा छाडिदिने स्वभावकी प्रज्ञाले टाईटल कस्तो राख्ने भन्ने बिषयको जिम्मा पनि निर्देशकलाई नै दिएकी थिईन् जसअनुरूप एक महिने लामो सोच र खोज पश्चात योगेशले नोट बुक जुराएका हुन् ।  नोटबुक  डायरीमा लेखिएको एक स्टोरीमा आधारित युवा केन्द्रित फिल्म हो   । 'मेरो फिल्ममा सवै कलाकार नयाँ हुनेछन् र यो बिषयमा दुई दिन पछि गरिने प्रेस मिटमा सवै खोलिने छ', निर्देशक घिमिरेले जानकारी गराए ।

५० लाख बजेटमा बन्ने उक्त फिल्मको सुटिङ जेठ २७ गते देखि सुरू हुदैछ । सुटिङ काठमाण्डू र मोफसलका केही शहरमा पनि गरिने योगेशले जानकारी गराए । यस अघि सम्झना, सपुत र न विर्सें तिमीलाई नपाएँ तिमीलाई निर्माण गरेको प्रज्ञा फिल्मसले नोट बुकलाई उत्कृष्ट मेकिङका साथ दर्शक माझ लग्ने तयारी गरेको छ ।