मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

५२ दिने सक्सेस पार्टीमा भएन फाटेको जुत्ता घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2012/05/07

रिलिजको ५२ दिन पूरा गरेको अबसरमा सोमबार चपली हाईट युनिटले नयाँ प्रोजेक्ट फाटेको जुत्ता निर्माण घोषणा गर्ने जनाउदै आएको थियो तर विविध कारणले सो पार्टीमा निर्माता अर्जुन कुमारले नयाँ प्रोजेक्टको बारेमा एक शब्द पनि बोलेनन् ।

हिरोईन विनिता बरालको अनुपस्थिति बारे हरेक अतिथि अनि मिडियाले बारम्बार प्रश्न गरेपछी अर्जुन आजित भएका थिए । सायद त्यसैको पिडाले पनि होला २० मिनेट लामो भाषण गर्दा पनि फाटेको जुत्ता निर्माणको सम्बन्धमा उनले एक शब्द बोलेनन् । सायद उनले विर्सिएर फाटेको जुत्ता घोषणा नगरेका हुन् वा अरू नै कारणले त्यो भने उनीनै जानुन् तर एमसी सन्दिप सापकोटाले नयाँ प्रोजेक्ट 'फाटेको जुत्ता'  बनाउन लागेका चपली हाईटका निर्माता अर्जुनलाई उत्साहका साथ स्टेजमा बोल्न बोलाए   तर उनले सो बिषयमा कुनै शब्द मुखबाट निकालेनन् ।

 

अर्जुन नयाँ फिल्मको घोषणालाई छाडेर चपली हाईट निर्माण देखि रिलिजको बेला सम्म भोग्नु परेका विविध नकारात्मक र सकारात्मक पक्ष तिर लागे । उनले भने, 'हामीलाई निलो फिल्म बनाएको भनेर आरोप पनि आयो तर म आज भन्छु जसले चपली हाईट हेरेको छैन उसले यस्तो आरोप लगाएको हो ।' यस्तै उनले नयाँ सोच भएका फिल्म मेकरलाई पुरानाले हेपेको भन्दै आरोप प्रत्यारोप भन्दा नयाँ कुरा दिन आग्रह समेत गरे ।

 

कार्यक्रममा निर्देशक दिपेन्द्र के. खनालले केही फरक प्रयोगको नतिजा आफूले यो फिल्मबाट पाएको बताए । फिल्मका अभिनेता मध्येका एक अमिर गौतमले आगामी दिनमा पनि फरक शैलीका फिल्म खेल्न चपली हाईटले प्रेरणा दिएको बताउदै थोरै भएपनि छनौट साथ आगामी दिनमा फिल्म खेल्ने प्रतिबद्धता जनाए । यस्तै अर्का अभिनेता राज घिमिरेले गर्व गर्न लायक फिल्म खेल्न पाएकोमा खुशी ब्यक्त गरे ।

 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले बोर्डले संक्रमणकाल योजना खाका ल्याउने सम्बन्धमा लुट र चपली हाईटले सफलता पाएको प्रसङ्गलाई एउटा रूची समूहको मन जित्न सफल फिल्म भन्दै धन्यवाद दिए । तर उनले घुमाउरो ढङ्गमा संकटकालको योजनामा आफ्नो पाईला पछि नरहेको पनि बताए । निर्माता संघका तर्फबाट अध्यक्ष राजकुमार राईले एउटा ट्र्याकमा फिल्म निर्माण गरेका अर्जुन कुमार र दीपेन्द्रलाई ट्र्याक चेन्ज गरी फड्को मारेको धन्यवाद दिदै नयाँ कन्सेप्टलाई निर्माताको तर्फबाट सधै स्वागत भनी सम्बोधन गरे ।


कार्यक्रममा चपली हाईट युनिट, मिडिया पर्सन तथा आफूलाई सहयोग गर्नेहरूलाई निर्माता र निर्देशकले टोकन अफ लभले सम्मान गरे । पार्टीमा सिमित फिल्मकर्मीको मात्र उपस्थिति थियो जहाँ फिल्मकी मुख्य हिरोईन विनिता बरालको अनुपस्थितिले माहोल केही खल्लो बनाईदिएको थियो । कार्यक्रममा गितकार भुपेन्द्र खड्काको पनि उपस्थिति थिएन । बुझ्नमा आएको जानकारी अनुसार पब्लिसिटी म्याटरमा गीतकारको हैसियतमा भुपेन्द्रको नाम कहि कतै उल्लेख नभएपछी उनी सो टिमसंग असन्तुष्ट भएका हुन् जसकारण उनी पनि ५२ दिने पार्टीमा उपस्थित भएनन् । यस्तै अर्जुन कुमारको फाटेको जुत्ताका लागि उनलाई गित लेख्न आग्रह गरिए पनि सो फिल्मका लागि गित नलेख्ने मुडमा पनि   भुपेन्द्र पुगेको उनी निकट स्रोत बताउछ । २७ लाखमा निर्मित सो फिल्मले हालसम्म साढे २ करोड नेट ग्रस कलेक्सन गरेको बताईएको छ । 

 

दीपेन्द्रले छाडे क्याप

 

 


चार बर्षयता हरेक सार्वजनिक कार्यक्रममा देखिदा क्यापमा देखिने निर्देशक दिपेन्द्र के. खनालले चपली हाईटको ५२ दिने सफलता पश्चात क्याप नलगाउने निर्णय गरेका छन् । बंशाणुगत असरका कारण उनको कपाल झरिरहन्थ्यो जसकारण उनले आधा खुईलिएको तालुलाई सधै क्यापको साहाराले छोप्ने गर्थे तर ५२ दिने ग्रयाण्ड पार्टीको समारोहमा फिल्मीखबरसंग कुरा गर्दै उनले भने, 'आज देखि क्याप लगाउन पनि छाडेको छु ।' उनले कपाल आउने औषधी प्रयोग गरेकाले क्याप छाडेको बताए । ५२ दिने कार्यक्रममा उनी मुण्डन लुक्समा थिए । जुन लुक्सको अधिकाश मिडिया पर्सनले तारिफ गरेका थिए ।


पार्टीका तस्बिरहरू हेर्न लिंकमा क्लिक गर्नुस -

 

Celebrating 52th Days of Film 'Chapali Height'