
फिल्मको मुख्य पात्र जसको स्क्याण्डलले फिल्म बल्कबस्टर हुन पूर्ण सहयोग गरेको थियो तर तिनै मुख्य पात्र ५२ दिने रिलिज सक्सेस पार्टीमा एप्सेन्स हुदा त्यो जति खल्लो के हुन्छ र ? सायद यस्दै खल्लो पना आज साँझ हुने चपली हाईटको ५२ दिने सक्सेस पार्टीमा देखिने छ ।
फिल्मकी मेन एक्टर विनिता बराल आजबाट अर्को फिल्ममा विजी भएकी छिन् । जसका सुटिङका लागि बिहान उनी नगरकोट प्रस्थान गरिसकेकी छिन् । कमलकृष्णको निर्देशनमा आज देखी सुरू भएको फुलस्टपमा उनी कुर्ता र सरवालमा बोल्ड सिन दिन आतुर छिन् । 'आज मेरा लागि दुई वटा खुशी छ एका तिर मेरो पहिलो फिल्मले ५२ दिन मनाएको भब्य पार्टी आयोजना हुदैछ भने अर्को तर्फ आजैको दिन देखि मेरो दोस्रो फिल्म सुरू भएको छ । यो खुशीको घडीमा मैले त्यो पार्टी मिस त अवश्य गर्ने छु तर आजबाटै सुरू भएको फुलस्टपको कामलाई म विचमै छाड्न सक्दिन', विनिताले नगरकोटबाट भनिन् ।
यसरी फिल्मको मुख्य पात्र नै नहुँदा पक्कै पनि पार्टीमा उपस्थित मिडिया र आमन्त्रित पाहुनाले मेन डोजको मज्जा लिनबाट बञ्चित हुनेछन् । तर पनि फिल्मका निर्माता अर्जुन कुमारले यो पार्टीलाई फिल्म इतिहासकै भव्य बनाउने बताए । उनले हिजो साँझ फेसबुक स्टाटसमा लेखेका थिए, 'भोली मेरो जीवनको सबैभन्दा खुसीको दिन हुनेछ । मेरो चपली हाईटको ५२ औं दिनको सेलिब्रेसन पार्टी हुँदैछ । नेपालको इतिहासमा सबैभन्दा दामी पार्टी हुनेछ ।'
पार्टीमा फिल्म क्षेत्रमा अधिकांश व्यक्ति तथा सञ्चारकर्मीहरूको उपस्थित हुनेछ । त्यसैले पनि अर्जुनले यो पार्टीलाई कुनै तवरबाट खल्लो बनाउन दिने छैनन् । फिल्मको मुख्य पात्र बिनाको यो पार्टीलाई अर्जुनले कसरी ग्र्याण्ड बनाउने हुन् हेर्न बाँकी छ । तर, चपली हाईटको सफलता सँगै गर्न लागिएको यो ग्र्याण्ड पार्टीको पनि सफलतको कामना !