मिति : २०८२ ज्येष्ठ ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

नगरकोटमा बिनिता र सबिनको फुलस्टप

फिल्मीखबर, काठमाण्डौ, 2012/05/07

चपली हाईटबाट आफ्नो उचाई बढाएकी नायिका बिनिता बराल र अन्दाज तथा रावणबाट आफ्नो पहिचान बनाएका नायक सबिन श्रेष्ठले आजका दिनबाट अनस्क्रिन रोमान्स शुरू गर्दैछन् । यि दुईको अनस्क्रिन रोमान्स रोमान्टिक एरिया नगरकोटबाट शुरू हुनेछ ।

 

आज दिउँसो तीन बजे मुहुर्त गरी कमलकृष्ण पौड्यालले यि दुईलाई आफ्नो दोस्रो फिल्म 'फुलस्टप' का लागि क्यामेरा फेस गराउनेछन् । नायिका बिनिताका लागि पनि यो दोस्रो फिल्म हो भने सबिनका लागि चौथो । सबिनले भर्खरै मात्र बर्सातको पनि सुटिङ सकेका छन् । मुहुर्तसँगै सुटिङ पनि शुरू गरिने जानकारी दिंदै निर्देशक पौड्यालले फिल्मीखबर समझ समक्ष भने, 'पहिलो सट नै बिनिता र सबिनको कोठा भित्रको सिन हुनेछ ।'

 

चपली हाईटमा स्कर्टका साथ सेक्सी र बोल्ड भुमिकामा देखिएकी बिनितालाई यस फिल्ममा कुर्ता सरवाल सहित बोल्ड क्यारेक्टरको रूपमा देख्न सकिनेछ । बिनिता भन्छिन्, 'म हरेक फिल्ममा च्यालेञ्जिङ रोल गर्ने छु । यसमा पनि मेरो च्यालेञ्जिङ रोल छ तर साधारण पहिरनमा बोल्ड क्यारेक्टरका साथ ।' उनले फुलस्टपममा चपली हाईटको भन्दा भिन्न भएर बोल्ड देखिन कन्जुसाई नगर्ने बताईन् । उनले भनिन्, 'मेरो पहिरन कुर्ता सुरूवाल छ तर चपली हाईटको उचाई यो फिल्ममा मर्न दिन्न ।' दुई फिल्ममा एक्सन नायक भएर देखिएका सबिन यसमा पनि एक्सन नायकको साथमा कन्फ्युज क्यारेक्टरको रूपमा देखिने छन् ।


माता मनकामना प्रोडक्शनको व्यानरमा मोहनकृष्ण श्रेष्ठ, गजेन्द्र रञ्जित र बेनिज्योती गुभाजुले निर्माण शुरू गरेको सो फिल्ममा सबिन र बिनिता बाहेक अन्य कलाकारको नाम अहिले गोप्य राखिएको निर्देशकले बताए । उनले भने, 'मेरो फिल्म नै सन्पेन्स छ र कलाकार पनि अहिले सस्पेन्स नै राखेको छु ।' फिल्मका अन्य कलाकार नयाँ अनुहार भएकाले सस्पेन्स राखिएको उनको भनाई छ ।

 

नगरकोटमा करिब १२ दिनको सेडुल बनाएका निर्देशक कमलकृष्णले त्यसपश्चात १० दिनका लागि गोर्खा जाने बताए । जम्मा ४० दिनको सेडुल निकालेर सुटिङ शुरू हुन लागेको उक्त फिल्मको बाँकी सुटिङ चितवन र काठमाण्डौमा गरिनेछ ।' दिनका लागि गोर्खा जाने बताए । आफ्नै लेखन तथा निर्देशन रहेको फिल्म 'फुलस्टप' सस्पेन्स र थ्रील तर फुल कमर्सियल हुने कमलकृष्णले बताए । फिल्ममा कमलकृष्णको संगीत, कृष्ण श्रेष्ठको छायाँकन तथा चन्द्र पन्तको द्धन्दनिर्देशन रहनेछ ।