
'केटुटी' को अर्थ अहिले नै भनिने छैन तर निर्देशक आकाश अधिकारीले पाईपलाईन प्रोजेक्ट क्यापिटललाई तत्काल थाती राख्दै नयाँ फिल्म बनाउने कार्यलाई अघि बढाएका छन् ।
सुरूमा आकाशको मेघा प्रोजेक्ट सूर्योदय पनि सुरू हुने छैन र क्यापिटल पनि । तर, यो भन्दा अघि केटुटी निर्माण हुने छ । 'असार मसान्त देखि फ्लोरमा जान्छौ होला अहिले स्क्रिप्टको काम भैरहेको छ', नयाँ प्रोजेक्टको बारेमा फिल्मीखबरलाई उनले जानकारी गराए । गत माघ २० गते रिलिज भएको उनको होम प्रोडक्सनको पछिल्लो फिल्म काठमाण्डूले मिश्रीत प्रतिक्रिया पाएको थियो जसको ओभरसिज रिलिज अझै बाँकी छ ।
'केही दिनपछी अमेरिका र क्यानडामा काठमाण्डूको शो राखिदैछ त्यसैले यतैबाट त्यहाँको रिलिजका लागि पनि समय खर्चिरहेको छु', उनले भने । आकाशका अनुसार अमेरिकाका आधा दर्जन स्टेटमा काठमाण्डूको शो हुदैछ जसलाई सोही फिल्मका निर्माता एवं कलाकार बेन नविन अधिकारी र गायक चन्द्र महर्जनले प्रदर्शनको जिम्मा लिएका छन् । 'म जाने छैन त्यसैले यहिबाट प्रोमोशनमा हेरिदिईरहेको छु र केटुटीको प्रि–प्रोडक्सन पनि अघि बढाईरहेको छु', आकाशले भने ।
केटुटीको अर्थ र काष्टको बिषयमा स्क्रिप्ट फाईनल नभईन्जेल सार्वजनिक नगर्ने उनले बताए । उनले भने, 'द स्काई मुभिजले जहिले पनि म्यासेज ओरेन्टेड फिल्म बनाउने छ तसर्थ यो पनि त्यस्तै हुने छ तर टाईटलको मिनिङ र काष्टको जानकारी पछि दिईने छ ।' केटुटीको स्क्रिप्ट उनले आफैले लेखेको बताएका छन् यध्यपी फिल्म मेकिङमा इन्ट्रेष्ट रहेका केही युवालाई सो स्क्रिप्टमा होमवर्क गर्न पनि दिएको उनले जानकारी गराए ।