
सुटिङ लम्बिएर फ्लोरमै ८५ लाख क्रस भईसके पछी त्यसको तनाव मायाज बार निर्माता सुनिल मानन्धरलाई मात्र हैन सो टिम भन्दा बाहिरका ब्यक्ति निर्देशक शोभित बस्नतेलाई पनि त्यतिकै पर्न गएको छ ।
शोभितले बैशाख १५ देखि जाऊ हिड पोखरा लिएर फ्लोरमा जाने बताएका थिए तर जिन्दगीमा पहिलो पटक रेड फोर के क्यामेराले फिल्म खिच्ने बिषयमा विभिन्न बाधा उत्पन्न भएपछी उनी तनावमा परेका हुन् । 'पहिलो पटक रेड क्यामेराले खिच्न लागेको हुँ त्यो पनि यता उता भएपछी टेनसनमा छु', शोभितले क्यामेरा कारण सुटिङ सुरू नभएको बिषयमा तनाव पोखे ।
रेड स्टुडियोको क्यामेरा बुक गरेका शोभितले मायाज बारको सुटिङ रोकिएपछी दश दिनका लागि कम्प्रमाईज गरेका छन् । मायाज बारको सुटिङ आउदो आईतबार सम्म चल्ने हुँदा शोभितको बजेटमा केही प्लस हुने देखिन्छ । मायाज बार धिरेन शाक्यले भित्राएको रेड क्यामेराले खिचिएको फिल्म हो जसको डेट लम्बिएपछी सो क्यामेरा अर्कै प्रोजेक्टमा रन भैदिदा शोभितले बुक गरेको क्यामेरा रेड स्टुडियोले दश दिनका लागि मायाज बारलाई दिएको हो ।
गत फागुन ११ गते देखि फ्लोरमा गएको मायाज बार समयमा नसकिदा अहिले सो फिल्मको बिषयमा वियर गफ घण्टौ सम्म चल्ने गरेका छन् । हाई मेकिङका साथ दिनेश डिसीको निर्देशनमा मायाज बार फ्लोरमा छ । फिल्मको मेकिङ देखेर पोष्टप्रोडक्सन कम्पनी सिने जोनका चेयरपर्सन रजत बुढाथोकीले फिल्मीखबर समक्ष मुक्त कण्डले प्रशंशा गरे । उनले भने, 'यो फिल्म मेरोमा पोष्टप्रोडक्सन भएकाले मैले क्रेडिट लिन रेड क्यामेरा केही दिनमै भित्राउदैछु ।'
जाऊ हिड पोखरा शोभितका लागि निकै महत्वकांक्षी हुनेछ । कारण ? दुई दशकको फिल्मी करिअरमा उनले पहिलो पटक हाई बजेटमा फिल्म निर्माण गर्ने तयारीका साथ दुई कलाकार रेखा थापा साढे चार लाख र जिवन लुईटललाई पाँच लाखमा अनुबन्धीत गरेका छन् । त्यसमाथि फिल्मकर्मीको आँगनमा लोकप्रिय हुँदै गएको रेड क्यामेरोले फिल्म खिच्ने उनको धोको पहिलो पटक पुरा हुँदैछ । तसर्थ उनी जाऊ हिड पोखराको मेकिङ क्लासिक बनाउन चाहन्छन् । तर सुटिङमै नगई रिलिज डेट भदौ २९ घोषणा गरेका शोभित मायाज बार कहिले सकिएला भन्ने बिषयले सुनिल मानन्धर भन्दा बढी चिन्तित देखिएका छन् ।