नेपाली फिल्मका लागि १०० भन्दा बढि गीत लेखिसकेका गीतकार भुपेन्द्र खड्काले पनि फिल्म निर्माण गर्ने भएका छन् । जसका लागि उनी निर्देशकको खोजीमा छन् ।
हाल स्क्रिप्ट लेखनको काम भईरहेको बताउँदै भुपेन्द्रले फिल्मीखबरसँगको भेटमा भने, 'युवापुस्ताको मन जित्न सक्ने खालको नयाँ सोच भएको निर्देशकको खोजीमा छु भेटिने बित्तिकै फ्लोरमा जाने तयारी गर्छु ।' कलाकार समेत फाईनल भईसकेको बताउँदै भुपेन्द्रले निर्देशक भेट्ने बित्तिकै फिल्मको नाम सहित सबै कुरा खुलाउने बताए । संगीतकारमा सुगम पोखरेल लिनसक्ने संभावनालाई भने उनले खुलाए । उनले भने, 'अहिलो युवाहरूको सोचको संगीत सुगमले नै दिन सक्ने हुनाले सायद म उहाँसँग नै काम गर्छु होला ।'
भुपेन्द्रले केहि नाम चलेका निर्देशकसँग पनि कुरा नगरेका हैनन् तर उनीहरूको व्यस्तताले गर्दा निर्देशक खोज्नमा नै उनी व्यस्त छन् । करिब ३० लाख बजेटको उक्त फिल्ममा तीन गीत रहने र आफू गीतकारको नाताले पनि ति गीतलाई सुपरहिट बनाउन कुनै कसुर बाँकी नराख्ने भुपेन्द्रले बताए । एक्सन, सपेन्स, थ्रील, लभ ड्रामा र सेक्सको बिषयमा बन्ने उक्त फिल्मले युवापुस्ताको प्रतिनिधित्व गर्नेछ ।
भुपेन्द्रले यसअघि लेखेका व्याच नं १६ को संगी डुब्दैछु तिम्रो यादमा, सानो संसारको सानो छ गाउँ, चपली हाई्टको शिर्ष गीत तथा स्वरका गीत निकै चर्चामा रहे । उनले लेखेको पछिल्लो फिल्म मेरो बेस्ट फ्रेण्डको गीत पनि चर्चित हुने उनको दाबी छ ।

