Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लण्डन पुगेर `ईलाभेन्थ स्ट्रिट` घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2012/05/06

यस अघि च्यालेन्ज निर्माण गरेको कम्पनी भ्वाईस ईन्टरटेन्मेन्टको तर्फबाट निर्देशक प्रशन्न पौडेलले नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । एक हप्ताका लागि शुक्रबार लण्डन प्रस्थान गरेका प्रशन्नले शनिबार राति फेसबुक मार्फत सो कम्पनीले निर्माण गर्न लागेको नयाँ फिल्म 'ईलाभेन्थ स्ट्रिट' (11th Street) सार्वजनिक गरेका हुन् ।

 

च्यालेन्जका निर्माता समेत रहेका हिरो रेश मरहठ्ठासंग पछिल्लो समय निकै नजिक रहेका प्रशन्नले सो फिल्मलाई निर्देशन गर्दैछन् जसका लागि स्क्रिप्ट राईटर अच्युत अधिकारीलाई सोही कम्पनीको खर्चमा अमेरिका पठाईसकेका छन् उनले । अधिकाश सुटिङ्ग अमेरिकामा गर्ने तयारीमा विगत केही महिना देखि जुटिरहेका प्रशन्नले सो फिल्मका लागि उपयुक्त कलाकार नेपालमा पनि पाउन सकिरहेका थिएनन् जस अनुरूप लण्डनमा रहेका नेपालीहरू जो फिल्म खेल्न ईच्छुक छन् उनीहरूलाई लक्षित गर्दै उनले अडिसनका लागि आफूलाई सिधा सम्पर्क गर्न यो नम्बर 07405610171 सार्वजनिक गरेका छन् ।

 

स्वर निर्देशन पश्चात मेरो बेष्ट फ्रेण्ड निर्देशन गरेका प्रशन्नले 'ईलाभेन्थ स्ट्रिट' लाई थ्रील, अट्र्याक्सन र जेलियसी शैलीको भनी उल्लेख गरेका छन् । मेघा प्रोजेक्टको सो फिल्ममा केही बलिउड कलाकार पनि खेलाईने तयारी भईरहेको छ । जस लागि गत फ्रेब्रुअरीमा रेशसंग उनी मुम्बई गएका थिए जहाँ उनीहरूले प्रियंका चोपडा, सुनिल सेठ्ठी, शक्ति कपुर, रितेश देशमुख, राखि सावन्त तथा विवेक ओबरायसंग पनि 'ईलाभेन्थ स्ट्रिट' मा संगै काम गर्ने विषयमा छलफल गरेका थिए ।  

 

'ईलाभेन्थ स्ट्रिट' एनआरएनहरूको कथासंग जोडिएर बनाईन लागिएको फिल्म हो जहाँ ११ वटा मुलुकका नागरिकलाई खेलाउने योजना भ्वाईस ईन्टरटेन्मेन्टले गरेको छ । प्रशन्नले निर्देशन गरेको र रेशले अभिनय गरेको मेरो बेष्ट फ्रेण्ड रिलिजको तयारीमा छ जसको प्रोमो यस्तो छ -