विद्यमान राजनीतिक कुसंस्कारविरुद्ध फिल्म कारबाही निर्माण भएको छ । एनपी फिल्म्स् प्रोडक्सनको दोस्रो प्रस्तुति रहेको फिल्म कारबाही राजनीतिक विषयसँग सम्बन्धित मात्र नभएर युवापुस्तालाई समेत लक्षित छ ।
कारवाहीमा राजेश हमाल, सुनिल थापा, राज लामा, सम्राट बस्नेत, राजन महर्जन, लोकेश सापकोटा, विद्या कार्की साथमा नवप्रस्तुति दीपा पुन मगर, महिमा सिलवाल र मेरी लिम्बुको मुख्य भूमिका रहेको छ । प्रदर्शनको तयारीमा रहेको यस फिल्ममा द्वन्द्व कुमार श्रेष्ठ, संगीत राजेन्द्र श्रेष्ठ, नृत्य प्रदीप श्रेष्ठको रहेको छ भने निर्देशन किशोर रानाले गरेका छन् ।
फिल्म क्षेत्रमा दुई दशक भन्दा बढी काम गरिसकेका अनुभवी नारायण मैनाली यस फिल्मका निर्माता हुन् भने उनले चाँडै अर्को फिल्म निर्माण गर्ने योजनामा छन् ।

