Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेन्द्र उप्रेती निर्देशक समाजको प्रवक्ता

फिल्मीखबर, काठमाण्डौ, 2012/05/05

 

विमल  पौडेलको नेतृत्वमा नयाँ कार्यसमिती गठन भएको पाँच दिन पश्चात निर्देशक समाजले कार्यालय प्रवक्ता घोषित गरेको छ । समाजको हरेक गतिविधिको बारेमा जानकारी दिने आधारिक ब्यक्तिको रूपमा महासचिव राजेन्द्र उप्रेतीलाई पहिलो बैठकले प्रवक्ता घोषित गरेको हो ।  
 
यसअघि समाजका सदस्यहरू जो जस्ले पनि आफ्नो संस्थाको बारेमा बोल्दै हिडेकाले समाजको नकारात्मक प्रभाव परेको भन्दै उप्रेतीलाई आधिकारिक व्यक्ति तोकेको हो । अब उप्रेतीले बोलेको कुरा नै समाजको आधिकारिक कुरा हुनेछ र अन्य सदस्यले पनि उप्रेतीले बोलेकै कुरा बोल्नेछन् ।
 
उप्रेतीले गत आईतबार भएको समाजको आठौ बार्षिक साधारण सभाबाट निविर्रोध हुदै महासचिवको पद आफ्नो पोल्टोमा पारेका थिए । जस अनुरूप उनलाई समाजले थप कार्यभार दिएको जानकारी हिजो शुक्रबार आयोजित कार्यक्रममा दिएको हो । यस्तै नयाँ कार्यसमितिले आगामी दिनमा फिल्मीक्लव र समाजको मासिक बुलेटिनलाई पनि निरन्तरता दिने निर्णय गरेको छ । 
 
फिल्मीक्लव अर्न्तगत हरेक साता फिल्म निर्देशकहरूले फिल्म हेर्ने र ती फिल्मको आफै समिक्षा गर्ने गर्छन् । कार्यक्रममा अध्यक्ष विमल पौडेलले आफ्नो कार्यकालले वर्कसपलाई निरन्तरता दिनुको साथै केही नयाँ योजना पनि सार्वजनिक गर्ने बताए । यस्तै शुक्रबार बसेको बैठकबाट समाजले फिल्मसँग सम्बन्धित संघसंस्थाहरू सँग छलफल गरि नेपाली फिल्मको विकासमा महत्वपूर्ण कार्यहरू गर्ने निर्णय गरेको नवनियुक्त प्रवक्ता उप्रेतीले जानकारी दिए ।