Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्ले गर्ल प्याकअप

फिल्मीखबर, काठमाडौँ, 2012/05/05

एउटा प्रोमोशनल गित खिच्ने काम बाहेक सुटिङ्गका अन्य सवै  गतिविधि सक्दै प्ले गर्ल प्याकअप भएको छ । २७ दिन अघि ईलामबाट सुरु गरिएको सो फिल्मको अन्तिम सुटिङ्ग शुक्रबार काठमाण्डूको दरबारमार्गमा गरिएको थियो ।

 

 '२७ दिनका दिन सकियो सुटिङ्ग अब एउटा प्रोमोशनल गित मात्र खिच्न बाँकी छ त्यो अलि पछि हुने छ',  निर्देशक विजय विक्रम बस्नेतले भने । यसअघि कमेडी शैलीको नमस्ते र हात लाग्यो शुन्य निर्देशन गरेका उनको  प्ले गर्ल फिमेल ओरेन्टेड फिल्म हो जहाँ पेशला कटुवाल लिड रोलमा छिन् । 

ईलामका समिर खड्काले पहिलो पटक निर्माण गरेको सो फिल्मको सुटिङ्ग ईलाम हुदै धरान सर्लाही र काठमाण्डूमा गरिएको छ  । फिल्ममा विकास चौधरीको म्यूजिक समावेश छ भने नयाँ अनुहारमा यधुसन कुँवर कस्तुरी खरेल पनि लिड रोलमा छन् । फिल्म श्रावण महिनामा रिलिज गर्ने बताईएको छ ।