मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिमालपारी ईकुको बिशेष प्रर्दशनी

सन्तोष गौतम, म्याग्दी, 2012/05/04

मुस्ताङको जोमसोममा शुक्रबार फिल्म ईकु ब्याक अगेनको बिशेष प्रर्दशनी गरिएको छ । स्थानीय संस्था पाईला नेपालले जोमसोम सिनेमा घरमा आयोजना गरेको फिल्म अवलोकन गर्न सयौ दर्शकको उपस्थिती रहेको थियो ।


फिल्मका नायक सुलेमान शंकरको उपस्थितीमा गरिएको प्रर्दशनीमा त्यहाँका कार्यालय प्रमुख, व्यवसायी, सर्वसाधारण र युवा विद्यार्थी गरि ५ सय जनाले फिल्म अवलोकन गरेको सञ्चार सहयोगी शुशिल थापाले जानकारी दिए । फिल्म अनाथ बालबालिकाको सहयोगका लागि प्रर्दशनी गरिएको हो । सुलेमानकी श्रीमती जयाले डेब्यु गरेको फिल्ममा ओस्कारमा मनोनीत क्याराभानका कलाकार थिन्ले लेण्डुपलाई पनि अभिनय गराइएको छ ।


रवि डङ्गोल, बिष्णु सापकोटा, रविन पोखरेल, बसन्तराज रिजाल आदीको भुमिका रहेको फिल्मलाई सागर लामिछानेले निर्देशन गरेका हुन् । फिल्मको बिषेश प्रर्दशनीका साथै प्रोमोशनका लागि मुस्ताङ पुगेको टोलीले शनिबार लेतेमा पनि फिल्म प्रर्दशन गर्ने जनाएको छ । यसैगरी कुश्मा, बाग्लुङ र बेनीमा पनि फिल्मको च्यारीटी सो गरेर टोली राजधानी फर्कने थापाले जानकारी दिए । यो फिल्म जेष्ठ ८ गतेबाट प्रदर्शनमा आएको हो । फिल्मले सोचे अनुरूपको व्यापार भने गर्न सकेन ।