
गृहनगर धनगडीको ३५ डिग्रीको गर्मीबाट काठमाण्डू फर्किएपछी हिरो सुमन सिंहलाई घाम एलर्जी भएको छ । २० दिन देखि उनी घाम हेर्नबाट बञ्चित भएका छन् । अनुहारमा विमिरा आएपछी उनलाई डाक्टरले घाम नहेर्ने सल्लाह दिएका छन् । 'घाम नै नहेर्नु भन्नु भएको छ त्यसैले टेन्सन भैसक्यो कहिले निको हुने हो', फिल्मीखबरसंगको भेटमा उनले भने ।
यध्यपी घरायसी सल्लाहमा उनले परम्परागत उपचार शैली झारफुक समेत गरेका छन् । जसबाट केही राहत मिलेको उनी बताउदै थिए । दिउँसो घाममा कतै निस्कन नमिलेपछी उनी घाम डुवेपछी मात्र बाहिर निस्कएर फ्रेस हुने गरेका छन् । 'यहि कारणले दुई वटा मुभि छाडिसके अब निको भएपछी मात्र साईन गर्ने छु', सिटी सेन्टरमा बिहिबार साँझ भेटिएका सुमन एलर्जीको तनाव पोख्दै थिए । यति मात्र हैन उनको अनुहारमा अहिले कुनै पनि प्रकारको कस्मेटिक क्रिम नफाब्ने भएको छ । यध्यपी नियमित औषधी सेवनले अबको एक सातामा निको हुने विश्वास ब्यक्त गर्दै थिए उनी ।
गत बर्ष जिवन लुइटेल अभिनित ६ फिल्म रिलिज हुँदा उनी चर्चाको पात्र बनेका थिए तर यो पटक आफ्नो ८ वटा फिल्म रिलिज लिष्टमा रहेकाले सुमन यो बर्ष धेरै फिल्म खेल्ने भन्दा पनि ती फिल्मको प्रोमोशनमा ज्यादा टाईम दिने सोचाईमा छन् । उनले भने, 'अब प्रस्ताव आएका सवै फिल्म अब खेल्दिन तसर्थ यो बर्ष प्रोमोशनमा ज्यादा ध्यान दिने छु ।' सुमनले हाल सम्म ५० वटा फिल्म खेलिसकेका छन् तर भनेजस्तो गरी उनी चर्चित हुन सकेका छैनन् । यध्यपी यो बर्ष रिलिज हुने आफ्ना ८ वटा फिल्मले उचाई दिने उनले विश्वास ब्यक्त गरे ।
यो बर्ष उनी अभिनित भैहाल्छ नी रिलिज भैसकेको छ भने सम्झीराख है , पहिलो माया हो मेरो ,ब्लयाक मेल, सान, प्रेमिका, ओम र रङ रिलिजको तयारीमा रहेका फिल्म हुन् ।