मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

चिरञ्जीवीले महानायकको झुठो खबर दिएपछि

अनुप भट्टराई, काठमाण्डौ, 2012/05/04

एक दशक अघि चण्डाल भन्ने फिल्मको सुटिङ भईरहेका बेला पहिलो पटक महानायक राजेश हमाललाई देखेका चिरञ्जीवी आचार्यले त्यसपश्चात हमाललाई हालसम्म नजिकबाट देखिरहेका छन् । सो समय महानायकका सहयोगी रोशन हमाल मार्फत एउटा फ्यान भएर राजेशको निकटतामा पुगेका चिरञ्जीवी एउटा फ्यानको रूपमा हमालको वरिपरी सधै देखिरहे ।

 

यो एक दशकमा चिरञ्जीवीले पछिल्लो दुई बर्ष यता मिडियामा आफ्नो तर्फबाट महानायकको विभिन्न समाचार पनि सार्वजनिक गर्ने गरी पिआर अफिसरको समेत टयग भिरे । तर समयले कोल्टे फेरे पछी महानायकसंगको सम्बन्धमा केहि चिसो पना बढेको बुझिएको छ । जसकारण अहिले चिरञ्जीवले हमालको बारेमा गलत समाचार मिडियामा दिन थालेका छन् । चिरञ्जीवीको हमाल परिवारसंग विगत ६ महिना देखि सम्बन्ध विग्रिएको बुझ्नमा आएको छ ।

 

विशेषत चलचित्र बिकास बोर्डले तीन महिना अघि गरेको एक कार्यक्रममा महानायकको तर्फबाट आफ्नो भनाई राखेपछी चिरञ्जीवसंग असन्तुष्ट बढेपछी राजेशले उनलाई वेवास्ता गर्ने गरेका थिए जसको प्रत्यक्ष नतिजा बुधबार फिल्मीखबरलाई गलत समाचार दिएपछी पुष्टी भयो । राजेश हमाल कहाँ जान्छन्, के गर्छन् र कुन फिल्ममा बिजी छन् भन्ने बिषयको सम्पूर्ण जानकारी राख्ने चिरञ्जीवी एउटा ग्रेट फ्यान सरह हमालको सहयोगी भएका हुन् जसलाई राजेशले मानवताको नाताले आफ्नो केही हदसम्म नजिक राखे तर मर्यादा नाघेर पटक पटक गोप्य कुरा चुहाएका कारण हमालले उनलाई पछिल्लो केही महिना यता वास्ता गर्न  छाडेका थिए ।

 

चिरञ्जीवीले आफ्नो भर्सन सहित महानायकको विभिन्न खबर मिडियालाई आफै दिईरहन्थे जसलाई आधिकारिकता मान्दै मिडियाले प्रकाशन एवं प्रसारण समेत गर्ने गर्थ्यो तर २३ दिने लण्डन भ्रमणबाट मंगलबार नेपाल फर्किएका हमाल बुधबार फर्किएको भन्दै चिरिञ्जिबीले मिडियालाई गलत समाचार दिए । सहयोगी भएका नाताले फिल्मीखबरले हमाल स्वदेश फर्कने  बारेमा चिरञ्जीवीलाई बुधबार साँझ सात पैतालिसको समयमा फोन गरी विवरण लिएको थियो जति बेला चिरञ्जीवीले आफू एयरपोर्टमा रहेको बताएका थिए । तर बुझ्दै जादा हमाल मंगलबार बेलुकी साढे सात बजे नै नेपाल फर्किएका रहेछन् । जस अनुरूप बुधबार साँझ उनले रसियन कल्चर सेन्टरमा ईजरायली फिल्म फेस्टिवलको उद्घाटन गरेका थिए जुन फेस्टिवल उद्घाटन गरेको तस्बिर सहित कान्तिपुर दैनिकमा समाचार छापिएको छ । जसका लागि सो न्यूजको हेडलाईन लिंकमा क्लिक गर्नुस ।

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=269810

फिल्मीखबरलाई मात्र हैन चिरञ्जीवीले कान्तिपुर एफएममा कार्यरत विजय अवाजलाई पनि हमाल आउने गलत विवरण दिएको पाईएको छ । यो सम्बन्धमा आवाजले पनि चिरञ्जीवीको नियत प्रति प्रश्न उठाउदै भने, 'अघिल्लो दिन आईसकेका हमालको न्यूज कान्तिपुर एफएमबाट गलत ढङ्गले प्रसारण हुदा स्तब्ध भएको छु । त्यति मात्र हैन अवाजले आफू कार्यरत वेवसाईट अनलाईन खबरमा पनि हमाल बुधबार साँझ फर्कदैछन् भने न्यूज हालेका थिए । जसका लागि संगैको लिंकमा क्लिक गर्नुस ।

http://onlinekhabar.com/2012/05/159054.html

यस्तै अनलाईनमा न्यूज सार्वजनिक भएपछी गोपीकृष्ण टिभी फिल्मीले पनि सोही न्यूजलाई आधार मान्दै बुधबार राति ८:३० बजेको प्राईम न्यूज बुलेटिनबाट पनि हमाल बुधबार साँझ काठमाण्डू ओर्लिएको न्युज प्रसारण गरेको थियो  । जो हमालसंगको उठबसमा रहन्थे तिनै ब्यक्तिले दिएको झुठो समाचारमा आज राष्ट्रिय स्तरका मिडियाबाट न्यूज गलत ढङ्गले सार्वजनिक भएपछी फिल्मीखबरले चिरञ्जीवीको नियत प्रति प्रश्न उठाएको हो । आखिर राजेश हमालको बारेमा उनले किन त्यस्तो झुठो खबर दिए ?

बुधबार साँझ फोनमा कुरा गर्ने क्रममा चिरञ्जीवीले आफू एयरपोर्टमा महानायकलाई रिसिभ गर्न गएको बताएका थिए जतिबेला उनको पछाडीबाट थाल खसेको आवाज सुनिएको थियो र सोही शंकामा केन्द्रित रहेर फिल्मीखबरले राजेशका प्रमुख सहयोगी रोशन हमाललाई फोन गरेको थियो तर उनको मोबाईल अफ भएकाले उनीसंग पनि महानायक स्वदेश फर्किएको बिषयमा बुझ्न सकिएन । हाल हमालसंगै हिड्न थालेका नयाँ सहयोगी दीपेन्द महतोलाई पनि सम्पर्क गर्ने प्रयास गरिएको थियो तर त्यतिबेला उनी पनि सम्पर्कमा  आउन सकेनन्  र अन्त्यतमा चिरञ्जीवीको भनाईमा आधारित रहेर न्यूज सार्वजनिक भयो ।

चिरञ्जीवीले बुधबार साँझ हमाल आउने झुठो खबर दिईरहेका बेला हमाल त्यतिबेला निवासमा आराम गरिरहेका थिए । बिहिबार बिहान हमालकै निवासमा बस्ने सहयोगी दीपेन्दसंग फिल्मीखबरले यो बिषयमा सोध्दा एयरपोर्टमा हमाललाई लिन आफू मात्र गएको जानकारी गराए । उनले भने, 'दादा बुधबार हैन मंगलबार साँझ नै आउनु भएको हो र उहाँलाई लिन म गएको थिएँ । उता झुठो खबर दिएको बिषयमा फिल्मीखबरले चिरञ्जीवीलाई प्रश्न गर्दा उनले उत्तर नदिई फोन काटे  ।



सुनसरी मधेसा दुई तित्रीबनका २८ बर्षे चिरञ्जीवीको राजेशसँगको सम्बन्धको बारेमा राजेशका प्रमुख सहयोगी रोशनसँग बुझ्दा उनले सम्बन्धमा त्यस्तो कुनै नराम्रो नभएको बताए । उनले भने,'खै सम्बन्ध त राम्रै होला । त्यै पनि म एक पटक राम्रोसँग बुझ्नेछु ।' त्यसोभए हमालकै बारेमा गलत खबर दिने चिरञ्जीवीको नियत के हो त ?