मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

प्रदर्शनको ५२ दिने सफलता मनाउँदै चपली हाईट

प्रकटकुमार शिशिर, काठमाण्डौ, 2012/05/04

लुटपछि आक्रमक कलेक्सन गरेको सेक्स रिभेन्ज स्टोरी फिल्म 'चपली हाईट' ले आफ्नो प्रदर्शनको ५२ दिन मनाउँदै छ । फिल्मले आगामी सोमबार सफलता पूर्वक प्रदर्शन भएको ५२ दिन पुरा गर्देछ ।

'सफल पूर्वक प्रर्दशन भैरहेको खुशीयालीमा एक कार्यक्रमको आयोजना गरी खुशी साटासाट गर्देछौं', फिल्म सुपरहिट भएपछि हौसिएका प्रोड्युसर अर्जुनकुमारले बताए । अर्जुनकुमारका अनुसार सोमबार बसुन्धरामा रहेको ओयशिष क्याफेमा फिल्म क्षेत्रका कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थितीमा सक्सेस पार्टी हुनेछ। सो पार्टीमा मिडिया र आफ्नो टिमका कलाकार एवं टेक्निसियनलाई चपली हाईट युनिटले मायाको चिनोको रुपमा ट्रफी पनि बाड्ने छ । 

विनिता बराल, आमिर गौतम र राज घिमिरे स्टारर चपली हाईट कन्ट्रोभर्सीसँगै स्याक्डलमा आएको फिल्म हो । दीपेन्द्र के. खनालद्धारा निर्देशित सो फिल्म ले  ३ करोड कलेक्सन गरिसकेको निर्माता अर्जुनकुमारले बताए । भारतको एक टेलिभिजन च्यानल र अमेरिकी एक प्रोजेक्टले फिल्मको कपी राइट खरिद गरेको दावी गर्दे अर्जुनकुमारले फिल्मले इतिहास रचेको बताए ।

चपली हाईटको सफलता पाएपछि अर्जुनकुमारले फिल्म फाटेको जुत्ता निर्माण घोषणा पनि सोही पार्टीमा गर्देछन् । उनले लगानी गरेको  अर्को  फिल्म मिसन पैसा रिलोडेड पनि रिलिजको क्रममा रहेको छ । यो फिल्ममा नरेन्द्र महर्जनले पनि लगानी गरेका छन् ।

नेपाली फिल्मको बजार ओरालो लागिरहेको समयमा धेरै पछि लुटले सफलतापूर्वक ५१ औं दिन मनाएको थियो । लुटले प्रदर्शनको १ सय दिन पुरा गरेर अहिले पनि प्रदर्शनरत  छ । लुटपछि व्यावसायिक हिसाबले चपली हाईटले सफलता मनाउन लागेको हो । चपली हाईट गोपीकृष्ण , गुण र अष्टनारायणमा अझै प्रदर्शनरत  छ ।