
काष्टमा हैन कन्टेनमा म विश्वास गर्छु भन्ने निर्देशक सुरज सुब्बालाई बिहिबार आफ्नो भनाई यथार्थमा परिणत भएपछी थप उत्साह मिलेको छ । किनकी बिहिबार देखि फ्लोरमा गएको 'मेरो भ्यालेन्टाईन' को स्पटमा उनले नयाँ कलाकारसँग काम सुरु गरेका छन् जस मध्ये छिन् फ्रेस हिरोईन सुस्मिता ढकाल । 'निशा र बाबु काम गरिरहेका कलाकर हुन् तर नयाँ भईकन पनि सुस्मिता र स्वन्त्रतको काम गराईले उत्साह थपेको छ', सुब्बाले पहिलो दिनको सुटिङ प्याकअप पश्चात फोनमा भने ।
सुब्बाले श्रावण १५ देखि रिलिजको तयारीमा रहेको आफ्नै फिल्म 'फेसबुक' बाट डेब्यू गरेका हिरो स्वन्त्रप्रताप शाहलाई मेरो भ्यालेन्टाईनमा पनि दोहोर्याएका छन् जसको निखारपनाले उनी प्रभावित भएको बताउदै थिए । यस्तै यस अघि बाटो मुनिको फुलमा काम गरेका आफ्ना गायक हिरो बाबु बोगटीको बारेमा त उनी नो कमेन्ट भन्छन् । किन ? 'नराम्रो भए पो कमेन्ट गर्नु', उनी बाबुको अभिनय क्षमता दर्शाउछन् । उता निशा अधिकारीको फिल्म संख्या निरन्तर बढेकाले उनी आफै अभिनयमा पोख्त रहेको नाल्बोको तर्क छ ।
'पहिलो दिनको सुटिङ भने जस्तो भयो', काठमाण्डूको नर्लिङ रिसोर्टबाट उनले भने । फिल्मलाई विगत दश बर्ष देखि प्रोष्टप्रोडक्सन कम्पनीको रूपमा उभ्याएको सफ्ट ईमेजले पहिलो पटक निर्माण गरेकाले नाल्बो निर्माता सुशिल श्रेष्ठको कम्पनीबाट पनि त्यतिकै खुशी छन् । 'पटक पटक सुटिङ डेट सर्दा पनि सुशिल जी रिसाउनु भएन । नबुझ्ने निर्माता भएको भए सायद फिल्मनै बन्दैन थियो होला', नाल्बोले सुशिलको फिल्म मेकिङमा धैर्यैताको ब्याख्या गरे ।
६५ लाख बजेट तयार गरिएको फिल्मको ३५ दिने तालिका निकालिएको छ जसको २५ दिन सुटिङ काठमाण्डूमा हुने छ भने बाँकी चितवनमा । बाटो मुनिको फुलले चौतर्फी प्रशंशा पाएपछी ब्यस्त बनेका नाल्बोले त्यसपछी सायद बनाए जुन प्रतिक्षित फिल्मको रूपमा परिचित हुदै बैशाख २९ देखि रिलिज हुदैछ । यस्तै सायद पछि उनले बनाएको फेसबुकको एउटा गित र प्रोमो सार्वजनिक भएपछी उनको कार्यशैलीको थप चर्चा चुलिएको छ जस अनुरूप मेरो भ्यालेन्टाईन पनि उत्कृष्ट बनाउने तयारी सहित उनी बिहिबारदेखि फ्लोरमा गएका हुन् ।
मेरो भ्यालेन्टाईन सुटिङ सकिए लगत्तै उनी 'प्रमिस' भन्ने फिल्ममा बिजी हुने छन् । जसको सुटिङ सिंगापुरमा हुनेछ । त्यसपश्चात उनी राजेश घतानीको फिल्म 'बितेका पल' मा व्यस्त हुनेछन् ।