मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

`भिजा गर्ल` को म्युजिकल प्रोमो रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/05/03

सिजी इन्टरटेन्मेण्टको व्यानरमा युवानिर्देशक प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको फिल्म 'भिजा गर्ल' को म्युजिकल प्रोमो रिलिज गरिएको छ । बिहिबार राति फेसबुक मार्फत सो फिल्मको प्रोमो रिलिज गरिएको हो ।
 

युवाहरूको मनोविज्ञानलाई मुख्य विषय बनाइएको सोसल कमेडी फिल्मको उक्त प्रोमोमा मादक पदार्थ रुस्लान भोड्कालाई मुख्य प्रोमोशन गरिएको छ । फिल्ममा उक्त भोड्काले सहयोगी हात बढाएकाले पहिलो प्रोमो नै उक्त मादक पदार्थमा केन्द्रित भएको हो । फिल्म निर्माण युनिटले अब हरेक पब्लिसिटीमा सामाग्रीमा रुस्लान भोड्कालाई समेट्ने बुझिएको छ ।

 

निर्देशक श्रेष्ठको लेखन रहेको सो फिल्ममा ऋचा शर्मा, विनय श्रेष्ठ, कर्म, रेमनदास श्रेष्ठ, रीमा बिश्वकर्मा, सलोनीराज भण्डारी र मेनुका प्रधानको मुख्य भुमिका रहेको छ । निर्देशक श्रेष्ठको यो डेब्यू फिल्म हो भने अभिनेताको रूपमा रहेका कान्तिपुर एफएमका आरजे रेमनदासको पनि यो डेब्यू फिल्म हो । फिल्मलाई सिजी इन्टरटेन्मेण्टसँग मिलेर नायिका ऋचा र नायक बिनयले निर्माण गरेका हुन् ।