मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्द हडतालले करोडौंको क्षती

फिल्मीखबर, काठमाण्डौ, 2012/05/03

जेठ १४ मा संविधान जारी हुने भएकाले संघियताको माग गर्दै पूर्व मेची देखि पश्चिम महाकाली सम्मका जिल्लाहरूमा हरेक दिन बन्द र हडताल हुन थालेका छन् र त्यहि बन्द हडतालको प्रत्यक्ष मारमा नेपाली फिल्म उधोग परेको छ ।

गत बैशाख १५ गतेबाट प्रदर्शनमा आएको फिल्म 'भैहाल्छ नी' अहिले सबै भन्दा बढि मारमा परेको छ । राजधानी सहित मोफसलका हलमा रिलिज भएको सो फिल्म बन्दको मारमा परेपछि निर्माता बेचैन भएका छन् । फिल्मका निर्देशक एमएस अग्रज भन्छन्, 'व्यापार राम्रै थियो तर बन्दले गर्दा डुबिने भईयो । हामीलाई त दशा नै लागेको रहेछ ।' यहि बन्दको मारमा पर्ने डरले गर्दा भोली शुक्रबारबाट प्रदर्शन हुने भनिएका दुई फिल्म 'द्रव्य' र 'सम्झिराख है' पोस्टपोण्ड भएका छन् ।

जेठ १४ नआईञ्जेल हरेक दिन बन्द हुने लक्षण देखिएको छ त्यसैले अहिले फिल्मकर्मीहरू देशको राजनैतिक अस्थिरताले गर्दा आफ्नो फिल्मको रिलिजलाई पछाडी धकेल्न लागेका छन् । यो महिनामा आश गरिएका फिल्म 'फूल, कवच' र 'सायद' लाई पनि बन्दले नराम्रो झट्का दिनेछ । फिल्म उधोगले नै निकै आश गरेको फिल्म 'सायद' बैशाख २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको रिलिज नजिकिंदै गर्दा सो फिल्मका निर्माताको डर पनि त्यतिकै बढ्दै छ ।

बैशाख २२ गते रिलिज हुने दुई फिल्मले त रिलिजलाई पोष्टपोण्ड गरे तर 'फूल, कवच' र 'सायद' ले पोष्टपोण्ड गर्ने छैनन् । हुनत सायद मोफसल भन्दा पनि बढि राजधानी केन्द्रित रहेकाले मल्टिप्लेक्सबाट यसले आफ्नो लगानी रिकभरलाई राहत दिनेछ तर फूल र कवच सिङ्गल थिएटर त्यो पनि मोफसल केन्द्रित रहेकाले बढि मार यि दुई फिल्मलाई पर्ने देखिन्छ । सबैभन्दा बढि झट्का त जेष्ठ ५ गते र १२ गते रिलिज हुने फिल्मलाई पर्ने देखिन्छ । त्यसैले यदि यो बन्द बढ्दै जाने हो भने उधोगले जेठ १४ पूर्व नै करोडौंको घाटा बेहोर्नु पर्नेछ ।