Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

व्यवस्थित हुँदैन फिल्मकर्मीको कार्यक्रम

प्रकटकुमार शिशिर, काठमाण्डौ, 2012/05/03

साथी म तिम्रोको पत्रकार सम्मेलनमा प्रोमो देखाउने बेलामा साउण्डको गडबढी ।

रावणको पत्रकार सम्मेलनमा गीत प्रदर्शन गर्ने बेलामा सिडीको खराबी ।

मृगतृष्णाको प्रोमो बजाउँदा अडियो साउण्डको खराबी ।

प्लानको अडियो विमोचन कार्यक्रममा विमोचन हुनु अघि नै उद्घोषकबाट कार्यक्रम समापन गर्न सभापतीलाई आग्रह ।

 

माथीका यी प्रसङ्ग पछिल्लो पटक फिल्मकर्मीले आफ्नो फिल्मको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा देखिएको  अवस्थाको उदाहरण हो । फिल्मको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन होस् या अडियो विमोचन कार्यक्रम फिल्मकर्मीले आयोजना गर्ने कार्यक्रम व्यवस्थित नहुँदा खल्लो हुने गरेका छन् ।


पाँचतारे होटलदेखी पार्टी प्यालेस तथा रेष्टुराँमा आयोजना हुने फिल्मकर्मीको कार्यक्रममा सामान्य पनि व्यवस्थित नहुँदा कार्यक्रमले आकर्षण गुमाउँदै गएको छ । समयमा कार्यक्रम शुरु नहुने देखी प्राविधिक कुरा र आसन ग्रहणमा समेत ध्यान नदिदा कार्यक्रमले रौनक गुमाउँदै गएको हो । तामझामका साथ आयोजना गरिने यस्ता कार्यक्रममा सामान्य कुरालाई पनि ध्यान नदिदा फिल्मकर्मीकै व्यवस्थापनमा प्रश्न उठ्न थालेको  छ ।


सञ्चारकर्मीलाई बोलाएर फिल्मको बारेमा प्रचारप्रसार गर्ने अवस्थामा पनि राम्रोसँग व्यवस्थापन भएको पाइदैन । न त अडियो मिलेको हुन्छ न त भिडियो नै । कार्यक्रम शुरु गर्नुभन्दा पहिला नै प्राविधिक रुपमा मिलाएर राख्नुपर्ने कुराहरु पनि मिलेको पाइदैन । भुवन केसीको साथी म तिम्रो को कार्यक्रममा होस् या रेखा थापाको रावणमा कुनैमा पनि व्यवस्थापन राम्रो भएन । पछिल्लो पटक आयोजना गरिएको सोभित बस्नेतको प्लानमा पनि अन्तिम गीतको प्रदर्शनीमा खल्लो नै महुशुस भयो । कार्यक्रम सञ्चालक समेत रहेका बस्नेतले प्लानको अडियो विमोचन कार्यक्रममा विमोचन हुनु अघि नै उद्घोषकबाट कार्यक्रम समापन गर्न सभापतीलाई आग्रह गरे ।


सञ्चारकर्मी नरेश भट्टराईले भन्छन्, 'लाखौ खर्च गरेर गरिने यस्ता कार्यक्रममा पूर्व तयारी नहुँदा पत्रकार तथा अतिथीलाई पनि खल्लो लाग्न थालेको छ ।' ठूलो र महत्वपूर्ण कार्यक्रममा पनि सामान्य कुराको ध्यान नदिदा यस्तो हुने गरेको हो । 'कतिपय अवस्थामा त राम्रो गर्न खोज्दा पनि विग्रन्छ तर धेरैले लावरवाही र जिम्मेवारी बहन नगर्दा अवस्थित बनेको छ । त्यसैले कार्यक्रमको लोकप्रियता गुम्दै गएको छ', उनले भने ।