मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रञ्जुलाई सरकारले सहिद घोषणा गर्यो

फिल्मीखबर, काठमाडौँ, 2012/05/03

गत सोमबार जनकपुरको रमानन्द चौकमा भएको बम विष्फोटमा ज्यान गुमाएकी अभिनेत्री रञ्जु झालाई सरकारले सहिद घोषणा गरेको छ । वर्तमान मन्त्रि परिषद विघटनको तयारी रहेका बेला आज बसेको क्याबिनेटको बैठकले रञ्जु सहित विष्फोटमा ज्यान गुमाएका अन्य तीन जनालाई पनि सहिद घोषणा गरेको हो ।

 

यस्तै सहिद घोषणा सहित सरकारले रञ्जुका परिवारलाई दश लाख दिने निर्णय पनि गरेको छ । कुशल अभिनेत्रीले परिचित रञ्जुले रिलिज हुन लागेको फिल्म हाईवेका निर्देशक दीपक रौनियारको अवार्ड जित्न सफल छोटो फिल्म 'चौकठ' सहित आधा दर्जन छोटा फिल्म र टेलिफिल्ममा अभिनय गरेकी थिईन् । अभिनय क्षमताबाट प्रभावित बनेका बरिष्ठ चलचित्रकर्मी निर शाहले उनको निधनको खबरले विछुप्त भएपछी कान्तिपुर दैनिकमा  रञ्जु  झा जिउँदै छिन् !  भन्ने आर्टिकल पनि छपाएका छन् ।  

 
गुरुकुलकी चेली उनी ठूलो पर्दामा जम्ने सुरमा थिईन् । अल्पआयुमै उनको निधन भएपछी समग्र कला क्षेत्र  एक पटक स्तब्ध बनेको  छ ।