
सेक्स फिल्मको उपमा पाएको 'द लास्ट किस' का लागि नायिका शोभिता सिंखडाले लिप किस पनि नगरेको रहस्य खुलाएकी छिन् । फिल्मीखबरसँग कुरा गर्दै नायिका सिंखडाले आफ्ना बारेमा नकारात्मक टिप्पणी भईरहेको बताउँदै भनिन्, 'मैले लिप किस पनि गरेकी छैन तर टङ किस गरेकी छ भन्ने हल्ला चलिरहेको छ ।'
फिल्म चलाउनकै लागि नयाँ फन्डा ल्याउन खोजेको त हैन भन्ने जिज्ञासामा सोभिताले भनिन्, 'मलाई त्यस्तो चिप पब्लिसिटी चाहिंदैन । फिल्म रिलिज भएपछि थाहा पाउनु हुनेछ कि फिल्म भित्र मैले के गरेकी छु भनेर ।' फिल्म भित्र आफ्नो प्रेमी र समाजलाई बचाउन सशक्त नारि पात्रको भुमिका निर्वाह गरेको बताउने शोभिताले नाम लास्ट किस भए पनि फिल्म सेक्स ओरेन्टेड नभएको बताईन् । फिल्मको कथा अर्कै भए पनि नामले गर्दा फिल्मलाई नकारात्मक रूपले हेरेको उनको भनाई छ ।
फिल्म भित्र ट्विस्ट ल्याउन सेक्सका केहि सिम्बोलहरू प्रयोग गरे पनि फिल्म पूर्ण रूपमा नारि प्रधान रहेको बताईन् । उनले भनिन्, 'फिल्मको केन्द्रिय पात्रको रूपमा म छु र मैले कुनै पनि भल्गर लाग्ने सिन दिएकी छैन ।' प्रोमोमा देखिएका दृश्यले त राम्रो छाप छोडेको छैन नि भन्ने अर्को जिज्ञासामा सोभिताले भनिन्, 'मलाई लाग्छ फिल्म भित्र त्यो भन्दा बढि कुरा केहि छैन । कथा अर्कै छ तर किन नाम र त्यस्ता दृश्यलाई फोकस गरियो मलाई थाहा छैन ।'
प्रोमोमा देखिएका १-२ वटा डाईलग अलि नराम्रो सुनिए पनि फिल्म राम्रो बनेको उनको दाबी छ । यस्तै उनले फिल्म भित्र जे कन्टेन्ट छ त्यसलाई पनि फोकस गर्नु पर्ने बताउँछिन् । उनी भन्छिन्, 'दर्शकलाई झुक्याएर गलत म्यासेज दिनु हुँदैन तर हामी माथीको बिश्वसनियतामा प्रश्न चिन्ह उठ्छ ।'