मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अल्लारेको पार्ट–टू बन्ने

फिल्मीखबर, काठमाडौँ, 2012/05/03

२०५४ सालको ब्ल्कबष्टर फिल्म 'अल्लारे' को पार्ट–२ बनाईने भएको छ । निर्माता समेत रहेका निर्देशक अशोक शर्माले अल्लारेको कथा अहिलेको अवस्थामा पनि उत्तिकै ताजा रहेको  भन्दै त्यसलाई नयाँ पुस्ताको हाऊभाऊसँग  केन्द्रित गरेर पार्ट–टू बनाउन लागेको जानकारी गराए  ।

'पछिल्लो पटक जोयन्ट भेन्चरको रूपमा फार मुभिजबाट अन्दाज बनाए पनि यो मेरो आफ्नै ब्यानर फिल्म वर्ल्ड प्रालि मार्फत एकल लगानीमा बन्ने छ । त्यसैले यो फिल्ममा अल्लारेको अधिकांश कलाकारसँगै कथा फरक हुने छ जहाँ राजेश हमाल भने दोहोरिन सक्छन्', उनले भने । औषत २५ लाखमा बनेको अल्लारेले लगानी उठाएर सवा करोड नाफा कमाएको थियो जसबाट अशोक शर्माको आर्थिक उचाई चुलिएको थियो । करिश्मा मानन्धर र राजेश हमाल अभिनित अल्लारेको दुई गित रातो टिका निधारमा टलक्क टल्कियो...अब चोटहरूले पिरोल्दैन मलाई.. अझै पनि उत्तिकै चर्चामा छ । सोही चर्चालाई मर्न नदिन अशोकले रातो टिकाको रिमिक्स भर्सन पनि बनाउने बताए ।

फार मुभिजको अर्न्तगत रहेर उज्जवल घिमिरे र छवि ओझासंग मिलेर 'मापसे' फिल्म बनाउने तयारी गरिरहेका शर्माले दशै लगत्तै अल्लारे –२ लिएर फ्लोरमा जाने बताए । उनले भने, 'धेरै अघि देखिनै मैले पार्ट–२ बनाउन खोजेको थिएँ बल्ल अहिले आएर मुड चलेको छ त्यसैले यो बर्ष भित्रै रिलिज गर्ने तयारीका साथ फिल्म बनाउने छु ।' पार्ट–टूलाई पनि उनी आफै निर्देशन गर्ने छन् । जसबाट अशोकको फिल्म निर्देशनमा कमब्याक हुने छ ।

अल्लारे त्यस्तो फिल्म हो जसलाई राजेश हमाल र करिश्मा मानन्धरले पनि आफ्नो जिवनकालको उत्कृष्ट फिल्म भनी संज्ञा दिने गरेका छन् । यस्तै संगीतकार शम्भुजीत बाँस्कोटाको साँगीतिक उचाईमा एकै पटक धेरै वटा ईट्टा थप्ने काम पनि अल्लारेले गरिदिएको हो । हेरौं सिक्वेल फिल्म नचलिरहेको अवस्थामा शाहस बटुलेर अल्लारे जस्तै हरेक पक्षको पुरानो रेकर्डलाई अशोकले पार्ट–२ बाट ब्रेक गर्न सक्छन् वा सक्दैनन् त्यो भने रिलिज नहुन्जेल सम्म चासोको रूपमा बियर गफ बन्ने पक्का छ । अल्लारे सहित गरिब, निरमाया, सिता, यो मायाको सागर अशोकद्धारा निर्देशित फिल्म हो भने सुपरहिट अर्को फिल्म ट्रक ड्राईभर र मितिनी उनीद्धारा निर्मित फिल्म हो ।