
विदेशी भुमिमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा केही सुस्ताएका महानायक राजेश हमाल यो पटक भने लामै समय लण्डनमा रमाए । गत चैत्र २७ गते नयाँ बर्ष लक्षित गर्दै विविध साँस्कृतिक कार्यक्रममा सहभागी हुन लण्डन पुगेका हमाल ठीक २३ दिनको दिन स्वदेश फर्किएका छन् ।
हमाल मंगलबार साँझ साढे सात बजे त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल ओर्लिएका थिए । विदेशमा एक्लै हिड्ने हमाल स्वदेशमा भने तीन सहयोगीका साथ हिड्ने गर्छन् जसलाई रिसिभ गर्न उनका सहयोगी एयरपोर्ट पुगेका थिए । उनका एक नम्बरका सहयोगी रोशन हमाल हुन् जसले निर्देशकको परिचय बनाएर अहिले हमालको बिषयमा फाईनल डिसिजन दिने गर्छन् । अर्का (माईला) दिपेन्द्र महतो घरबाट हमाललाई सुटिङ स्पटसम्म साथ दिन्छन् र अर्का चिरञ्जीवी आचार्य जसले सुटिङ देखि पिआर हेर्ने गर्छन् ।
'यत्रो दिन पुरै फ्रि नै थिए भन्दा हुन्छ अब भोली देखि बिजी हुने भईयो', सहयोगी चिरञ्जीवी आचार्यले राजेश आएपछि फिल्मीखबर समक्ष भने । चिरञ्जीवीका अनुसार हमाल मायाज बारको सेटमा एक दिन पुरा विजी हुने छन् भने रोशनको रंगमा केमियो रोलका लागि पनि एक दिन विजी हुने छन् । यस्तै उनी भेडीगोठ भन्ने फिल्ममा एक महिना विजी हुने छन् । त्यो अलवा यो बिचमा हमालले धेरै समय पछी एउटा म्यूजिक भिडियो पनि खेल्ने बताईएको छ ।