
गत फेब्रुअरी १० तारिखका दिन कतारबाट प्रदर्शनको यात्रा शुरू गरेको फिल्म 'मिस यू' नेपालमा फाल्गुन पाँच गतेका दिन सार्वजनिक प्रदर्शन भयो । त्यस लगत्तै बिश्वका बिभिन्न मुकुकमा फिल्म प्रदर्शनरत छ । यहि क्रमलाई निरन्तरता दिंदै युके रिलिजका लागि अभिनेता तथा निर्माता दिलिप रायमाझी आज त्यस तर्फ प्रस्थान गरेका छन् ।
युके प्रस्थान गर्नु अघि फिल्मीखबरसँग कुरा गर्दै दिलिपले भने, 'कतार अष्ट्रेलिया र नेपालको सफल प्रदर्शन पश्चात हामी युकेमा फिल्म रिलिज गर्दैछौं र त्यसका लागि म आज ७ बजेको प्लेनबाट युके प्रस्थान गर्दैछु ।' अर्गनाईजेशन फर नेपलिज वेलफेयर एण्ड कल्चरको आयोजनामा युकेका ४ वटा स्टेटमा फिल्म शो हुने दिलिपले जानकारी गराए । यस्तै भारतमा रेगुलर शो हुन लागेको बताउँदै दिलिपले त्यसका लागि प्रिन्ट बनाएर सेन्सर गर्न लागिएको बताए ।
यता हिमालयन ह्याण्डसको आयोजनामा अष्ट्रेलियामा मिस यूको शो पनि भईसकेको छ । अष्ट्रेलियाको सिभिक थिएटरमा फिल्मको सात शो गरिएको निर्देशक सुरेश दर्पण पोखरेलले जानकारी गराए । यस्तै आयोजक देबराज कडेंलले पनि अष्ट्रेलियामा मिस यूको सफल प्रदर्शन भएको बताए । बिदेशमा जतिले फिल्म हेरे ति सबैले नेपाली फिल्मको स्तर बृद्धी भएको प्रतिक्रिया आफूले पाएको निर्देशक पोखरेलको भनाई थियो ।
फिल्म 'मिस यू' जुन महिनामा अमेरिकामा पनि प्रदर्शन गरिने भएको छ । जसका लागि युनिटले युएसए प्रोमोशनका लागि भिडियो पनि तयार गरिसकेको छ । युरोपका अन्य मुलुकको साथमा कोरिया, इजरायल लगायतका मुलुकमा पनि फिल्म छिट्टै नै रिलिज हुने सुरेशले जानकारी गराए । फिल्ममा नम्रता श्रेष्ठ, दिलिप रायमाझी र बरूण राणाको अभिनय गरेको छ ।