मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अडियो लञ्च : सुगन्ध छर्दै फूल

फिल्मीखबर, काठमाण्डौ, 2012/05/02

'बगैंचामा सुन्दर फूलहरू धेरै छन् र ति फूल मध्येको एउटा फूल पात्र म पनि हो', नायिका गरिमा पन्तले मंगलबार आफू अभिनित फिल्म फूलको अडियो विमोचन समारोहमा बोल्दै भनिन्, 'मलाई लाग्छ त्यो फूलले चारै तिर सुगन्ध छर्ने छ ।'

 

पहिलो पटक फिल्ममा संगीत दिएकी रेखा पौडेलले आफूलाई संगीतकारको रूपमा प्रस्तुत हुने मौका दिएकोमा निर्देशक शिब रेग्मी प्रति आभार प्रकट गर्दै भनिन्, 'आज महिला संगीतकार भनेर चिन्ने अवसर दिनु भएकोमा शिब सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।' फिल्मका गीत अत्यन्तै राम्रो बनाएको बताउँदै रेखाले हर्षका आँशु निकाल्दै भनिन्, 'मानिस दु:खमा मात्र हैन सुखमा पनि रूंदो रहेछ । आज म अत्याधिक खुसी भएकी छु । सबैले मेरो सिर्जनलाई रूचाई दिनु भएको छ । आशा छ आगामी दिनमा पनि मैले यस्तै माया र सदभाव पाउनेछु ।'

 

यस्तै कार्यक्रममा बोल्दै निर्देशक रेग्मीले रेखाको सिर्जना ज्यादै राम्रो भएको बताए । साथमा उनले फिल्म पनि राम्रो बनेको बताउँदै भने, 'मैले बनाएका राम्रा फिल्महरू मध्ये फूल पनि एक हो।' नारी संवेदनामा साथमा हाँस्य रसलाई पनि फिल्ममा प्रमुखताका साथ प्रस्तुत गरिएको बताउँदै शिबले फिल्म हेरेक पक्षबाट राम्रो बनेको बताए । यस्तै कार्यक्रममा फिल्मका कलाकार निर शाह, युवराज लामा, राजबल्लभ कोईराला, निरज बराल, सिर्जना बस्नेत, राजाराम पौडेल, निर्माता यमनाथ दनै लगायतले फिल्म राम्रो बनेको बताउँदै सुटिङा दौरानमा घटेका रमाईला घटनाहरू सुनाएका थिए ।

 

फिल्ममा समावेश गरिएका पाँच वटा गीतमा दुई वटा गीत संगीतकार रेखा स्वयंले लेखेकी छिन् भने निर्देशक रेग्मी, दयाराम पाण्डे र डा कृष्णहरी बरालले एक-एक वटा गीत लेखेका छन् । गीतहरूमा राजेश पायल राई, दिपक लिम्बु, माण्डबी त्रिपाठी, अञ्जु पन्त, प्रविशा अधिकारी र आनन्द कार्कीले स्वर दिएका छन् । मित्रता सिने मुभिज प्रालिको ब्यानरमा कार्यकारी निर्माता सन्जित कुमार कानु (बब्लु) रहेको फिल्ममा चन्द्र (वझा) श्रेष्ठ, सुनील श्रेष्ठ, यमनाथ दनै र क्रन्दन मास्केको समेत लगानी रहेको छ । फिल्म बैशाख २२ गतेबाट देशभरका करिब तीन दर्जन सिनेमा घरमा लाग्दैछ ।

 

अडियो विमोचनका तस्विरहरू र गीत हेर्न प्रस्तुत लिङ्कमा क्लिक गर्नुहोला -

 

Movie Phool Audio Lunch Gallery

 

Phool Song : Pal Pal Ma...