खासगरी हाँस्य र संवेदनालाई एकैसाथ प्रस्तुत गरिएको फिल्म सम्झिराख है यही वैशाख २२ गतेबाट उपत्यका बाहिर देखि र २९ गतेबाट उपत्यकामा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । सामाजिक विषयवस्तु, हाँस्य एवं संवेदनाको त्रिवेणी फिल्म सम्झिराख है हेरिसके पछि पहिलो हाफमा दर्शक हाँस्ने र दोस्रो हाफमा दर्शक रूने निर्माण युनिटको दाबी छ ।
रेडलाइन फिल्म्स् प्रालिको सम्झिराख हैका लेखक, निर्देशक एवं प्रस्तुतकर्ता रिम विश्वकर्मा हुन् । कविता खकुरेल निर्माताको रुपमा छिन् भने सह-निर्माताको रुपमा सञ्जय श्रेष्ठ रहेका छन् । फिल्ममा दीपक शर्माको संगीत छ । सुमन सिंह, जीके शर्मा, गणेश गिरी, अर्चन केसी, प्रेम पुरी, रविन्द्र खड्का, सुशील पोखरेल, विनोद मानन्धर लगायतका कलाकारहरु रहेको फिल्म सम्झिराख हैबाट अस्मिता कँडेलले डेब्यू गरेकी छिन् ।

फिल्मको विषयवस्तुलाई लिएर अभिनेता सुमन सिंह उत्साहित भएका छन् । आफ्नो ट्रयाकलाई अलिकति छाडेर कमेडी रोलमा प्रस्तुत भएका सुमन सिंहले फिल्मबाट आशावादी भएको बताए । यस्तै नवनायकको रुपमा आइरहेका जिके शर्माले पनि आफ्नो परिचय स्थापित गर्न फिल्म सम्झिराख है सिद्द हुने आशा व्यक्त गरेका छन् । निर्देशक रिम विश्वकर्माले सम्झिराख है दर्शकहरुले सम्झन लायक फिल्म भएको बताए ।
.jpg)

