Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मल्टिस्टार माथि बढेको चुनौती

अर्पण ढकाल, धरान, 2012/05/01

कुनै जमाना नेपाली फिल्ममा चलेका कलाकारको टाउको पोस्टरमा राख्ने बितिकै हलमा दर्शकको भिड थामि नसक्नु हुन्थ्यो । सम्पूर्ण शोहरु हाउसफुल हुन्थे र टिकट समेत ब्ल्याकमा बिक्रि गरिन्थ्यो । सदाबहार नायक भुवन केसी, महानायक राजेश हमाल देखि लिएर एक्सन हिरोको ट्याग भिरेका बिराज भट्ट र निखिल उप्रेतीको हकमा समेत कुरा लागु भयो ।

 

फिल्म भित्र पाँच मिनेटको दृश्य भएपनि चलेका कलाकारको टाउको पोस्टर अथवा प्रोमोमा राख्दा हलमा दर्शकको उपस्थिति खचाखच हुन्थ्यो । तर अहिले आएर समयले कोल्टे फेरेको छ । नाम चलेका कलाकार अथवा मल्टिस्टार बिना फिल्म नै चल्दैन भन्ने मान्यता यतिबेला बदलिएको छ । फिल्मको प्रस्तुतिकरण र कथाबस्तु राम्रो भए चलेका अथवा टाउके कलाकार बिना फिल्म सफल हुन्छ भन्ने उदाहरण लूट, चपली हाइट जस्ता फिल्मले देखाई सकेका छन् ।
 

यसै क्रममा मल्टिस्टारले भरिपुर्ण फिल्म 'कवच' यहि बैसाख २९ बाट प्रदर्शनमा आउने भएको छ । पालो कुरिरहेको फिल्म देशभर एक साथ प्रदर्शनमा आउने छ । फिल्म भित्र राजेश हमाल, बिराज भट्ट, रेखा थापा, झरना थापा, सुशील क्षेत्री लगायतका चलेका नायक नायिकाले एकसाथ अभिनय गरेका छन् । कवच मार्फत एकसाथ प्रस्तुत हुन लागेका यी नायक नायिका यसअघि एकै साथ कुनै पनि फिल्ममा अभिनय गरेका छैनन् ।

 

लामो समय पश्चात रिलिज हुने क्रममा रहेको यो मल्टिस्टार फिल्म धेरैको लागि प्रतिक्षित समेत बनेको छ । यदि यो फिल्म पनि नचल्ने हो भने मल्टिस्टार र फिल्मको क्रेज घटेको मान्न सकिन्छ । तर, कलाकारको भिडसंगै फिल्मको प्रस्तुतिकरण र कथा राम्रो छ भने दर्शकले अझ पनि यस्तो किसिमको फिल्मलाई रुचाउन सक्छन् । कारण यि स्टारका आफ्नै दर्शक छन् । यिनीहरूलाई रूचाउने कलाकारले मात्रै फिल्म हेरे भने पनि निर्माताको खल्ती तातो नै हुन्छ । त्यसैले मुलधारका फिल्म नचलीरहेको बेला यी स्टारले आफ्नो स्टार पावर र साखलाई जोगाउने चुनौती पनि रहेको छ ।


फर्मुला शैलीमा राजेश शाहीले निर्माण गरेको 'कवच' लाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । महेश खड्काको संगीत रहेको सस्पेन्स शैलीको सो फिल्मको कथा जया ओझाले लेखेकी हुन् । फिल्मको प्रोमोशनल गीत हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् -